मिति :

एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग

एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग

२०८१ मङसिर १२, बुधवार

तनहुँ, ८ मङ्सिरः व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई रु पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ ।

क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।

त्यसैगरी विपन्न नागरिक, क्यान्सर, मुटुरोगी, मिर्गौला फेल भएका ३२ जनालाई उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको उहाँले बताउनुभयो ।

गर्भवती पोषण सहयोग कार्यक्रमअन्तर्गत एक सय ११ जना महिलालाई रु पाँच हजारका दरले आर्थिक सहयोग गरिएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ मङसिर १२, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य