बर्दियामा दिगो वन व्यवस्थापनका लागि नयाँ बिरुवा रोपण गरिदैं

बर्दियामा दिगो वन व्यवस्थापनका लागि नयाँ बिरुवा रोपण गरिदैं

२०८१ पौष १०, बुधवार

गुलरिया (बर्दिया), ५ पुसः दिगो वन व्यवस्थापन तथा संवर्द्धन प्रणाली कार्यान्वय गर्न सरकारले अनुत्पादक पुराना रूख प्रतिस्थापन कार्य सुरु गरेको छ । नागरिकलाई काठको आवश्यकता सहज रूपमा पूर्ति गर्ने रणनीतिका साथ वनका पुराना रूखहरु कटान तथा नयाँ बिरुवा रोपण गर्ने गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

बर्दियाका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले वैज्ञानिक वन व्यवस्थापन गर्न अनुत्पादक बिरुवा काटेर नयाँ बिरुवा हुर्काइने बताउनुभयो । समयमा दिगो वन व्यवस्थापन गर्न नसक्दा देशैभर बर्सेनि १५ करोड क्युफिट काठ खेर गइरहेको उहाँले जानकारी दिनुभयो । बर्दियामा मात्र बर्सेनि चार लाख क्युफिट काठ समयमा उपयोग गर्न नसक्दा आमउपभोक्ता विकल्पमा अन्य वस्तु प्रयोग गर्न बाध्य भएको सुवेदीले बताउनुभयो । “दिगो वन व्यवस्थापन तथा संवर्द्धन प्रणाली कार्यान्वयन सुदृढीकरणका लागि यस वर्ष छ हजार हेक्टरमा रहेका उमेर पुगिसकेका उत्पादनविहीन रुख काट्ने योजना छ । यस क्रममा चार हजार रूखहरू विस्थापित गरी नयाँ रूख सुदृढीकरण गर्ने योजना छ”, उहाँले राससँग भन्नुभयो ।

सङ्घीय वन नियमावली २०७९ को नियम १५ मा वन व्यवस्थापन गर्दा वन संवर्द्धन प्रणाली अवलम्बन गर्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुरूप काम अगाडि बढाइएके डिभिजन वन कार्यालयले जनाएको छ । कटान गरेको स्थानमा बिरुवा उमार्नका लागि पुनरुत्पादन अभिवृद्धि गर्दै हाँगाबिँगालगायत झारपात सफाइ र संरक्षण गर्ने प्रावधान छ ।

यहाँ दुई सय ८२ वटा सामुदायिक वन रहेकामा तीमध्ये ५० हेक्टरभन्दा साना एक सय ३६ वटा, ५० देखि एक सय हेक्टरसम्मका ७४ र एक सय हेक्टरभन्दा माथि ७३ वटा सामुदायिक वन रहेका छन् । २७ वटा सामुदायिक वनको कार्ययोजनाअन्तर्गत वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ बनेका छन् । जसमध्ये १६ वटा हालको वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्डबमोजिम संशोधन भएका छन्भने ११ वटा सामुदायिक वन संशोधन हुन बाँकी रहेको डिभिजन वन कार्यालय बर्दf;;ले जनाएको छ ।

/RSS

  • प्रकाशन मिति : २०८१ पौष १०, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य