प्रहरीद्वारा गाँजा र अफिम फँडानी
२०८१ पौष १०, बुधवारप्र बागमती, ६ पुसः प्रतिबन्धित लागुऔषध गाँजा र अफिम खेती नष्ट गर्ने अभियान सुरु गरेको छ । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा करिब ८० बिघा क्षेत्रफलमा लगाइएको गाँजा र अफिम फँडानी गरेको हो ।
यही मङ्सिर ७ गतेदेखि आजसम्ममा जिल्लाको कैलाश, राक्सिराङ र बागमती गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीयले ७५ बिघा सात कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा र १२ बिघा तीन कठ्ठा क्षेत्रफलमा लगाएको अफिम खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाँजा र अफिम खेती फँडानी गरेको हो । फँडानी गर्न बाँकी रहेका अन्य स्थानमा पनि क्रमशः प्रहरी टोली परिचालन गरी अभियानलाई निरन्तरता दिइने प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । मकवानपुरको पहाडी क्षेत्रका पालिकामा गाँजा र अफिम खेती हुँदै आएको छ । यस्तै मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–५ स्थित डिल्लीपुरबाट आज एक क्विन्टल ३७ किलो गाँजा बरामद गरेको जनाएको छ । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
