सम्पदा पदयात्रा सम्पन्न
२०८१ पौष १०, बुधवारभक्तपुर, ६ पुसः मध्यपुरथिमिको ऐतिहासिक कला, संस्कृति तथा सम्पदाका बारेमा जानकारी दिने उद्देश्य आज मध्यपुरथिमिमा आयोजित ‘सम्पदा पदयात्रा’ सम्पन्न भएको छ ।
पर्यटक पथप्रदर्शकद्वारा आयोजित सम्पदा तथा ऐतिहासिक बस्तीको अवलोकन र सम्पदा पदयात्रा शङ्खधर चोकस्थित ऐतिहासिक भाफल्चाबाट सुरु भएर बालकुमारी लोकश्वर, लायकू, दिगु बहाः, चपाचोको पोटरी क्षेत्र, न्यागा, नगदेशको लाछिस्थित लुँझ्या (सुनको झ्याल), बोदेको लाछि, पाँचो, भाँगु र टिगनी निलबाराहीमा पुगेर समापन भएको हो । मध्यपुरथिमि नगरपालिका यही पुस १२, १३ र १४ गते आयाजना गर्न लागेको मध्यपुर महोत्सवबारे जानकारी दिने उद्देश्यले आयोजित पदयात्रामा नगरपालिकाका प्रमख सुरेन्द्र श्रेष्ठसहित स्थानीय जनप्रतिनिधि, पर्यटक पथप्रदर्शकलगायत स्थानीयको सहभागिता थियो । नगरपालिकाले यहाँको कला संस्कृति, सम्पदा, रहनसहन, जीवनशैली, परम्परागत पेसा व्यवसायलाई पर्यटनसँग जोडेर स्थानीयको आयआर्जन वृद्धि गरी समृद्ध मध्यपुर निर्माण गर्ने उद्देश्यले तीन दिन मध्यपुर महोत्सव आयोजना गर्न लागेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले महोत्सवले यहाँको धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार हुनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
