‘केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो’

‘केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो’

२०८१ माघ २, बुधवार

काठमाडौँः प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख दिने केही सञ्चार माध्यमका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेकातर्फ सचेत रहन आग्रह गर्नुभएको छ ।

काउन्सिलले पौष २८ गतेँ आयोजना गरेको नयाँ अनलाइन पोर्टल, युट्युब च्यानलका प्रकाशक तथा सम्पादकलाई अभिमुखीकरण कार्यक्रममा उहाँले पत्रकारिताको विश्वसनीयता वृद्धिका लागि सूचना र समाचार छुट्याएर सम्प्रेषण गर्न सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष बस्नेतले पत्रकारिता समाज सुधारको आधार र पथप्रदर्शक भएकाले सोहीअनुसार सकारात्मक उद्देश्यका साथ क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । “केही सञ्चार माध्यमले अरुलाई दुःख दिएका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेको छ । त्यसैले सबै सञ्चारकर्मीहरू जिम्मेवार हुनुपर्छ । पत्रकारहरु कर्मी माहुरी जस्तो मेहनती हुनुपर्छ, अरूलाई दुःख दिने बारूलो जस्तो होइन । पत्रकारले अरुलाई दुःख दिन हुँदैन”, उहाँले भन्नुभयो ।

विषयविज्ञका रूपमा पत्रकार विमल गौतम र बोर्ड सदस्य विजयराज अधिकारीले पत्रकार आचारसंहिताका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ २, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य