समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च
२०८१ पौष २४, बुधवारस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक तथ्याङ्कअनुसार नेपालमा मात्रै वार्षिक आठ लाख १० हजार शिशु समयअघि नै जन्मिन्छन् । जसमध्ये चार हजार तीन सय शिशुको पाँच वर्षको उमेर नपुग्दै मृत्यु हुन्छ ।
मन्त्रालयका अनुसार ३७ हप्ताभन्दा अघि जन्मिएका शिशुहरु जन्मने क्रममा कम तौल भए वा अक्सिजनको मात्रामा कमी देखिए आरओपीका लागि जोखिम उच्च रहने गरेको पाइएको छ । तर यो समस्याको समयमै पहिचान भए उपचार सम्भव छ । यसै कारणले शिशु जन्मिएको २८ दिनभित्र आँखारोग विशेषज्ञसँग परामर्श गर्न चिकित्सकले सल्लाह दिँदै आउनुभएको छ । नवजात शिशुरोग विशेषज्ञ डा सुनिल राजा मानन्धरका अनुसार यो समस्यासम्बन्धी पर्याप्त मात्रामा जनचेतना नपुग्दा अभिभावकहरु ढिलो अस्पताल आइपुग्छन् । उहाँ भन्नुहुन्छ, “सबैमा नभए पनि समय नपुगी जन्मिएका अधिकांश बच्चाहरुमा विभिन्न खालका सङ्क्रमण र जोखिम हुन्छ । आँखाको जाँच अनिवार्य हो । हामी कहाँ अस्पताल ढिलो आइपुग्नुहुन्छ । एक महिनाभित्र आँखा जाँच गराए उपचार सम्भव छ ।”रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
