भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र
२०८१ पौष २४, बुधवारकाठमाडौँ : काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु तिब्बतको डिङ्गेकाउन्टी नामक क्षेत्र भएको जनाइएको छ ।
मंगलबार २३ गते बिहान ६:५० बजे भूकम्पको महसुस गरिएको थियो । प्रारम्भिक अनुमानअनुसार सो क्षेत्रमा सात दसमलब एक रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । नेपाल लगायत भारत, बंगलादेश, भूटानमा समेत भूकम्पको ढक्का महशुस गरिएको थियो । केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।