तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै
२०८१ पौष १७, बुधवारकाठमाडौँ, १० पुस: तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण आगामी माग १६ र १७ गते हुने भएको छ । पर्वतारोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यले युएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
युएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष जाङ्बु शेर्पाले पर्वतारोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तेञ्जिङ नोर्गे शेर्पाका नाममा उक्त प्रतियोगिता गर्न लागिएको बताउनुभयो । उहाँले प्रतियोगिताले आरोहण क्षेत्रमा रूचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष शेर्पाले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले नेपालमा दोस्रो एडिसनको प्रतियोगिताले साहसिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । क्वली राउन्डका लागि उपयुक्त ठाउँ छिट्टै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पाञ्जी एडभेञ्चर केन्द्रमा गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता दुई चरणमा हुनेछन् । पहिलो दिन क्वली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिनेछ । सो प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागिता जनाउन सक्नेछन् । कार्यक्रमले प्रतिस्पर्धा मात्र नभई आरोहण संस्कृति, सौहाद्र्रता र तेञ्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेञ्जिङ लामाले बताउनुभयो । प्रतियोगितामा पुरूष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिनेछ । यसपटकको प्रतियोगितामा पुरूषतर्फबाट ४० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागिता जनाउनेछन् । त्यसैगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला÷पुरूषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
