चितवन हात्ती महोत्सव

चितवन हात्ती महोत्सव

२०८१ पौष १७, बुधवार

भरतपुर (चितवन), ११ पुसः चितवनको पर्यटकीय क्षेत्र सौराहामा आजदेखि १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्षेत्रीय होटेल सङ्घ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो ।

महोत्सव उद्घाटन अघि बृहत् झाँकीसहितको ¥याली निकालिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्वार टिकट काउन्टरदेखि सुरु भएको शोभा यात्रा महोत्सवस्थल बाघमारा चौर पुगेर समापन भएको थियो । झाँकीमा विभिन्न जातजातिका भेषभूषामा सजिएका महिलाको उपस्थिति थियो भने शोभा यात्रामा हात्ती समावेश थियो । महोत्सवको पहिलो दिन मैत्रीपूर्ण हात्तीको फुटबल पेनाल्टी सुट आउट खेलाइएको थियो ।

व्यवसायीले महोत्सव अवधिमा सौराहा घुम्न आउने पर्यटकहरूलाई पुस १० देखि १६ गतेसम्म होटेल तथा रेस्टुरेन्टमा खाना तथा आवासमा १० प्रतिशत छुट घोषणा गरेका छन् ।

रासस

  • प्रकाशन मिति : २०८१ पौष १७, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य