काठमाडौँमा १०औँ वार्षिक ड्रुक्पा काउन्सिल आयोजना हुने

काठमाडौँमा १०औँ वार्षिक ड्रुक्पा काउन्सिल आयोजना हुने

२०८१ पौष १७, बुधवार

काठमाडौँ, ११ पुसः नेपालमा ड्रुक्पा सम्प्रदायका अनुयायी र विश्वभरिका आध्यात्मिक साधकहरूलाई एकत्रित गरेर १०औँ वार्षिक ड्रुक्पा काउन्सिल आयोजना हुनेभएको छ । यही पुस १३ गतेदेखि १७ गतेसम्म काउन्सिल आयोजना हुने भएको हो । कोरोना महामारीपछिका करिब छ वर्षपछि सम्बन्ध र पुनःस्थापनाको उत्सव मनाउन विशेष कार्यक्रम आयोजना हुन लागेको जनाइएको छ । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित कुंग फु ननको पनि सहभागी रहनेछ । त्यस अवसरमा पवित्र ड्रम अनुष्ठान प्रदर्शन हुनेछ भने आध्यात्मिक शिक्षाहरूको आदानप्रदान, आत्मरक्षा, मानव बेचबिखन र दिगो जीवनशैलीका विषयमा कार्यशाला आयोजना हुनेछ । साथै ग्यालवाङ ड्रुक्पा, ग्यालवा दोखाम्पा र क्याब्जे ड्रुपबोन खम्टाक रिन्पोचेलगायतले धर्म, परोपकार र पर्यावरणीय नैतिकतालगायतका विषयमा सन्देश दिनुहुनेछ ।

रासस

  • प्रकाशन मिति : २०८१ पौष १७, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य