बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

२०८१ पौष १७, बुधवार

भक्तपुर, ११ पुसः नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

प्रतियोगितमा प्रथम हुनेलाई नगद रु ५० हजार पुरस्कारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्रदान गरिने छ । द्वितीय हुनेलाई रु २५ हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या एक थान, सिछ्या एक थान र तृतीय हुनेलाई नगद रु १० हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या एक थान प्रदान गरिने भएको छ ।

सान्त्वना हुनेलाई रु पाँच हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान, उत्कृष्ट प्रस्तुतिलाई धिमय् बाजा एक थान, उत्कृष्ट छैटौँदेखि १०औँ स्थानसम्मः भुछ्या एक–एक थान र सहभागी प्रत्येकलाई मायाको चिनो प्रदान गरिने जनाइएको छ । चाँगुनारायणको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजित धिमे बाजा प्रतियोगिता सफल पार्न वडा नं. ९ ताथलीका वडाध्यक्ष गणेश त्यातको संयोजकत्वमा प्रतियोगिता समन्वय समिति गठन गरिएको छ ।

प्रतियोगिताका लागि रु ११ लाखको बजेटको व्यवस्थापन गरेको र काठमाडौँ उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङलगायतका जिल्ला तथा ती जिल्लाका नगरपालिका, गाउँपालिका १३ जिल्लाबाट करिब ५० वटा समूहको प्रतियोगितामा रहने छ ।

यही पुस १५ गतेभित्र दर्ता भइसकेको समूहले प्रतियागितामा सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा नेवारी खाजा तथा खाना महोत्सव पनि आयोजना हुनेछ ।

रासस

  • प्रकाशन मिति : २०८१ पौष १७, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य