जनताको मर्का कसले बुझ्ने

जनताको मर्का कसले बुझ्ने

२०८१ पौष २४, बुधवार

बेरोजगारको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । प्राइभेट अफिसमा काम गर्नेहरुले वर्षौंदेखि तलब पाएका छैनन् । राजनीतिक दल, सरकारी कर्मचारीलाई त दिनकै दशै छ । जनताको हकमा के ? चाडपर्व तथा नयाँ बर्ष पैसा भएकाका लागि मात्र जस्तो भएको छ । सर्वसाधारणलाई त चाडपर्व बोझ बन्न थालिसकेको छ ।

एकातिर मँहगीले सताएको हुन्छ, अर्कोतिर दुःख । अनि कसरी मनाउने चाडपर्व ? दक्षिणा पाउने पैसाले ट्याक्सी भाडा तिर्न नपुग्ने अवस्था छ । सरकारले सर्वसाधारणलाई लक्षित गरी यातायातको सहजता बनाइदिनुपर्ने थियो । तर, सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएको छ ।

सरकारले तोकेको बस भाडा एक किमिबाट पाँच किमिसम्म १९ रुपैयाँ छ । आज त बसले पनि ३० रुपैयाँ असुल्छ । अनि जनताले कसरी सक्ने ? झोला झाम्टा बोकेर, बच्चा डोर्याएर बसमा यात्रा गर्नु कम्ती सास्तीपूर्ण त छैन् । अब सरकारले चाडपर्व धनीहरुले मात्र मनाउने भनेर घोषणा गरिदिए हुन्छ ।

बेकारमा गरिबलाई किन सास्ती दिइराख्नुपर्यो ? महिनाभरको कमाइले चाडबाड मनाउन नसक्ने भइसक्यो । हरेक सामानको भाउ पचासौं गुणाले बढेको छ । सरकार सँधै सिण्डिकेटधारी, व्यापारीको हकहितमा काम गर्छ । जनता मँहगीको भारमा परेपनि सरकारलाई के मतलब ?

राजनीतिक दलहरुले हरेक क्षेत्रमा संगठन खोलेका छन् । सरकारलाई घुँडा टेकाएर सर्वसाधारण ठगेका छन् । देशको संघीय राजधानीको अवस्था त यो छ भने बाहिरी जिल्लाको अवस्था के होला ? व्यवसायको नाममा उपभोक्ता कतिसम्म लुटिएका होलान् ? सर्वसाधारणले कति दुःख हैरानी खेपेका होलान् ?

जनतालाई पीडा छ । मँहगीको मार खेप्नुपरेको छ । सिण्डिकेटधारीहरुको अगाडि मौन बस्नुपरेको छ । तैपनि, काँग्रेस सभापति शेरबहादुर देउवा भन्छन्,‘केपी ओली सरकारले राम्रो काम गरिरहेको छ ।’ सरकारले कस्तो काम गरिरहेको छ ? यसको जवाफ देउवाले होइन्, जनताले दिने हुन् ।

जनतालाई सोध सरकारले कस्तो काम गरिरहेको छ भनेर । जो सुरक्षाकर्मीको घेराभित्र बस्छ, उसलाई देशको अवस्थाबारे थाहा हुन्छ ? जसलाई केही थाहा छैन्, उसले ठिकठाक छ रे । एउटा सामानको रेटबारे जानकारी नहुनेले देशबारे बोल्न अलि नसुहाउँला कि ?

अनुसा थापा, भक्तपुर

  • प्रकाशन मिति : २०८१ पौष २४, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य