धेरै भोको झुसिल्कीरो
२०८१ माघ २, बुधवारएक आइतबार बिहान, घामको न्यानोपनमा पातमा पारेको सानो अण्डा निस्कियो । बाहिर निस्कियो ! एउटा सानो र धेरै भोको झुसिल्कीरो । भर्खरै जन्मेको झुसिल्कीरोले चाँडै नै केही खान खोज्न थाल्यो । उसले हप्ताका सबै दिनहरूमा हरेक दिन बढ्दो मात्रामा फलफूल खायो तर हरेक दिन पछि पनि उसलाई भोक लागेको थियो । सोमबार, उसले एउटा स्याउ खायो र मंगलबार, उसले दुई नासपाती खायो । तर ऊ अझै भोको थियो ।
बुधबार, झुसिल्कीरोले तीनवटा आलुबखडा खायो र बिहीबार उसले चारवटा स्ट्रबेरी खान पाए । शुक्रबार, उसले पाँचवटा सुन्तला खायो, तर अझै पनि उसले आफ्नो भोक मेटाउन सकेन । त्यसैले, शनिबार, झुसिल्कीरोले फलफूल त्याग्यो र एक टुक्रा चकलेट केक, एउटा आइसक्रिम कोन, एउटा अचार, स्विस चीजको एक टुक्रा, सलामीको एक टुक्रा, एउटा ललीपप, चेरी पाईको एक टुक्रा, एउटा ससेज, एउटा कपकेक र तरबुजाको एक टुक्रा खायो । त्यो रात धेरै खाँदा उसलाई पेट दुख्यो । अब, भोलिपल्ट बिहान फेरि आइतबार थियो । आइतबार, झुसिल्कीराले एउटा राम्रो हरियो पात खाने निर्णय ग¥यो, किनकि उसलाई अरू कुनै खाना पर्याप्त लागेन । हरियो पात खाएपछि, झुसिल्कीरा धेरै राम्रो महसुस भयो र अन्ततः, उसलाई अब भोक लागेन । साथै, ऊ अब सानो झुसिल्कीरा रहेन । ऊ ठूलो, मोटो झुसिल्कीरा बनिसकेको थियो । त्यसैले, झुसिल्कीराले आफ्नो वरिपरि एउटा सानो घर बनायो, जसलाई कोकुन भनिन्छ । दुई हप्ताभन्दा बढी समय त्यसमा बसेपछि, झुसिल्कीराले कोकुनमा प्वाल पार्यो र बाहिर निस्कियो । ऊ सुन्दर पुतलीको रूपमा बाहिर निस्कियो । ऊ बहु–रंगीन पखेटा भएको पृथ्वीको सबैभन्दा सुन्दर पुतलीमा परिणत भएको थियो ।