पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापाको ‘तन्त्र और मन्त्र विज्ञान’ सार्वजनिक
२०८१ माघ ९, बुधवारकाठमाडौँ : पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले लेख्नुभएको ‘तन्त्र और मन्त्र विज्ञान’ आज विमोचन गरिएको छ ।
सदस्य सचिव थापाले यसअघि नेपाली भाषामा लेख्नुभएको ‘मन्त्र विज्ञान’ र ‘तन्त्र विज्ञान’ लाई समेटेर हिन्दी भाषामा प्रकाशन गरिएको उक्त पुस्तक आज भारतको मुम्बईस्थित अँधेरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । श्री १००८ कालीबाबा लगायतले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो । कार्यक्रमका वक्ताले यस्ता पुस्तकले मन्त्रका माध्यमबाट साधना गर्न चाहनेलाई सहयोग मिल्ने बताउनुभयो । यस पुस्तकको हिन्दी अनुवाद प्रेमकुमार न्यौपानेले गर्नुभएको हो । सदस्य सचिव थापाले आज सोही स्थानमा दशमहाविद्या विष्णु सहस्र कोटीहोम महायज्ञ पनि आयोजना गर्नुभएको थियो । पुस्तक लोकार्पण गर्दै काली बाबाले ध्यान, ज्ञान र विज्ञानलाई संश्लेषित रूपमा पुस्तकमा समावेश गरिएको बताउनुभयो । लेखक डा. थापाले नेपालको साधना र अध्ययनमार्फत प्राप्त ज्ञानलाई पुस्तकमा समावेश गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तन्त्र विज्ञान र मन्त्र विज्ञान दुई वटा पुस्तक हुन् । हिन्दी भाषामा एउटैहनेलाई स्तक प्रकाशन भएको छु। समाजका सबै वर्गलाई यो पुस्तक लाभदायक छ ।” रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
