खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

२०८१ माघ १६, बुधवार

काठमाडौँ : प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो लिन आएका युवालाई चन्द्रागिरिबाट पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको प्र १–०१–००६ ख ४७९६ नम्बरको बसमा सवार ३७ वर्षीय भारतीय नागरिक गोविन्द बालाको साथबाट आज जाँचका क्रममा एक सय ५० ग्राम खैरो हेरोइन बरामद गरेको थियो ।

सोधपुछका क्रममा बालाले उक्त लागुऔषध रमन महर्जन र विनोद तामाङले ल्याउन लगाएको भनि बयान दिएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई बा ५१ प ७५५८ मोटरसाइकलसहित लागुऔषध लिन बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिनुभयो ।

पक्राउ परेका २६ वर्षीय महर्जन चन्द्रागिरि नगरपालिका र ३८ वर्षीय तामाङ धादिङको थाक्रे गाउँपालिकाका स्थायी भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो नागढुङ्गाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ १६, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य