चरेलीमा १०८ फिट अग्लो सरस्वतीको मूर्ति निर्माण सुरु

चरेलीमा १०८ फिट अग्लो सरस्वतीको मूर्ति निर्माण सुरु

२०८१ माघ २३, बुधवार

भक्तपुर : चाँंगुनारायण नगरपालिका–८ चरेलीमा १०८ फिट अग्लो सरस्वतीको मूर्ति निर्माण सुरु भएको छ ।

आज चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चरेलस्थित भुतेको ढुङ्गामा १०८ फिट अग्लो मूर्ति निर्माण कार्यका शीलान्यास गर्दै मूर्ति बनेपछि यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मूर्ति निर्माण समितिका अध्यक्ष निवर्तमान परासर सापकोटाले रु ४२ करोडको लागतमा निर्माण हुने मूर्तिका लागि रु १३ लाख ५० हजार नगरपालिकाबाट सहयोग प्राप्त हुने र बाँकी रकम दाताबाट सङ्कलन भइरहेको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष जनक खत्री, श्यामकृष्ण नयाँजु श्रेष्ठलगायतले मूर्ति निर्माण कार्य सम्पन्न भएसँगै चरेली स्वदेशी तथा विदेशी पर्यटककको आकर्षणको केन्द्र बन्ने बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ २३, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य