जुम्लामा आगलागी हुँदा दुई घर नष्ट

जुम्लामा आगलागी हुँदा दुई घर नष्ट

२०८१ माघ २३, बुधवार

जुम्ला : यहाँको चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।

चन्दननाथ–३ का खिपप्रसाद उपाध्याय र धर्मप्रसाद उपाध्यायको घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख छेदिलाल कामतीले जानकारी दिनुभयो । विद्युत्को तार सट भएर आगो लागेको अनुमान गरिएको छ ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी परिचालन गरिएको छ । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ २३, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य