राष्ट्रको लागि जम्मै मौन, व्यक्तिगत स्वार्थ पुरा गर्न जताततै आन्दोलन !
२०८१ माघ १६, बुधवारबैंक तथा वित्तिय संस्था पीडितहरुले धमाधम आन्दोलनको घोषणा गरिरहेका छन् । मीटरब्याज पीडितले माघ १४ गतेदेखि आन्दोलन थाल्दै छन् भने लघुवित्त पीडितहरु पनि आन्दोलनको तयारीमा जुटिसकेका छन् । सहकारी पीडित पनि आन्दोलनमा उत्रिने देखिएको छ । लामो समयदेखि भुक्तानी नपाएका निर्माण व्यवसायीले चरणबद्ध आन्दोलनको घोषणा गरिसकेका छन् ।
दूध किसान, उखु किसान र कोरोनाताका गरिएको बीमाबापतको भुक्तानी नपाएकाहरु पनि आन्दोलन गर्ने भनिरहेका छन् । सटर, कोठा, फ्ल्याट बहालमा लिएर बस्नेहरु पनि आन्दोलनकै बाटोमा गइरहेका छन् । कि सरकारले भाडा निर्धारण गरिदिनुपर्ने कि ५० प्रतिशत घरधनीले घटाइदिनुपर्ने उनीहरुको माग छ । जोसुकै आन्दोलनमा उत्रिने भनिरहेका छन् तर सरकारलाई चासो छैन् । बरु आफ्नो कार्यकर्ता कसरी पोस्न सकिन्छ ? भन्नमै सरकार केन्द्रित छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेका छन् । ११ लाखले सरकारी जग्गाको लालपूर्जा पाउने भएका छन् । तीमध्ये अधिकांश नेकपा एमालेको कार्यकर्ता छन् । एमालेनिकटहरु अर्को निर्वाचनमा एमालेको ५० लाख मत बढ्ने बताउन थालेका छन् । सरकारी जग्गा भनेको साझा सम्पत्ति हो । कसैले पनि भोटका लागि सरकारी सम्पत्तिको दुरुपयोग गर्न पाइँदैन् । विडम्बना, एमाले सरकारी सम्पत्ति बाँडेर पार्टी ठूलो बनाउनमा ध्याउन्न छ । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ७० वर्ष कटेकालाई ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था गरियो । एमालेले अहिलेसम्म पनि त्यसलाई चुनावी नारा बनाएको छ । एमालेले भत्ता बाँडेको भन्दै प्रचारप्रचार गर्छन् । तर, त्यो कुनै एमाले नेताको खल्तीबाट दिइएको रकम होइन् । जनताले तिरेको कर बाँडेको हो । नेताहरु त स्वार्थी भए भए, नेपाली जनता पनि फरक भएनन् । कोही धाग देखाउनमै व्यस्त छन् त कोही आफ्नो प्रचार गर्न । अहिले घोषणा गरिएको आन्दोलन पनि त्यही नै हो । आफ्नो रकमको लागि आन्दोलन गर्दै छन् । यद्यपि, देशमा भइरहेको यस्तो गलत निर्णयको विरोधमा आन्दोलन गर्ने कोही छैनन् । नेपालजति सार्वजनिक बिदा दिने देश सायदै कुनै होला । धोतीदेखि टोपी दिवससम्म मनाइन्छ । त्यतिबेला चाँहि उनीहरुलाई राष्ट्रियताको ख्याल आउँछ । अरु बेला आउँदैन् । नेतृत्वसहित जनता स्वार्थी हुँदा नेपालको यो अवस्था बनेको हो । विदेशी ऋण झण्डै २७ खर्ब पुग्न लागिसकेको छ । छिमेकीहरुले नेपाललाई रोबर्टजसरी चलाएको छ भने नेतृत्वले हामीलाई त्यसरी चल्न बाध्य बनाएका छन् । अधिकांश नेपाली भूभाग छिमेकीले कब्जा गरिसकेका छन् । जन्म दिने आमा र जन्मेको मातृभूमि सबैभन्दा महान् हुन्छ । तर, निर्माण व्यवसायी, दूध किसान, उखु किसान, अस्पतालहरु विदेशीबाट ऋण लिएर आफ्नो पैसा दिन माग गरिरहेका छन् । निर्माण व्यवसायीको ४५ अर्ब रुपैयाँ बाँकी छ भने दूध र उखु किसानको सात अर्ब । कोरोना बीमा गराएका अस्पतालहरु आफ्नो ११ अर्ब बक्यौता रहेको बताउँछन् । उनीहरुले सरकारलाई दबाब दिइरहेका छन् । राजनीतिक दलमार्फत पनि सरकारलाई दबाबमा पार्न खोजिरहेका छन् । विदेशसँग ऋण लिएर १७ अर्ब रुपैयाँ झार उखाल्दैमा सकाइयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा यत्रो पैसा सखाप पारिदियो । यसको विदेशलाई निरन्तर किस्ता तिर्नुपरेको छ । झापामा चार अर्ब रुपैयाँमा भ्युटावर बनाइएको छ । देशका प्रधानमन्त्री केपी शर्मा ओली ऋणलाई देशले विकासमा फड्को मारेको बताउँछन् । ऋण लिएर घ्यु खाएर कहिलेसम्म चल्छ ? भ्युटावर बनाउँदा ल्याएको विदेशी ऋणको पनि मासिक ब्याज तिरिरहनुपरेको छ । भैंसीपाटीमा सुविधासम्पन्न उच्च पदस्थहरुको निवास बनाउँदा राज्यको ढुकुटी खर्लप्पै रित्तिएको छ । २१ अर्ब रुपैयाँमा बनेको सो उच्च पदस्थाहरुको निवासबाट के हात लाग्यो ?अनुसा थापा, भक्तपुर
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
