सरकारको वार्षिक प्रतिवेदन पेस
२०८१ माघ १६, बुधवारविराटनगर : कोशी प्रदेशसभाको े बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस भएको छ ।
सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रतिवेदन पेस गर्दै सो वर्ष शासकीय स्थिरताका हिसाबले सरकार निकै कमजोर रहेको बताउनुभयो । उहाँले सो वर्षमा भएका प्रगतिलाई समेटर बनाइएको यो प्रतिवेदन सदनमा छलफल, समीक्षा र बहस हुँदा आउँदा दिनमा सरकारलाई थप ज्ञान प्राप्त हुने बताउनुभयो । सैद्धान्तिक छलफल बैठकमा ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ । सो विधेयक उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामकोतर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले पेस गर्नुभएको थियो । सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, राधाकृष्ण खनाल र शोभा चेम्जोङले यो विधेयकले विषादीको प्रयोग, भण्डार, बिक्रीवितरण, आयात, प्रयोगलाई व्यवस्थित गराउन मद्दत गर्ने बताउनुभयो । उहाँले विषादी मानव जीवनलाई मात्र नभई पर्यावरणलाई पनि हानि पु¥याउने भएकाले यसको नियमन र व्यवस्थापनका लागि विधेयक आवश्यक रहेको चर्चा गर्नुभयो । मुलुकको समसायिक विषयमा शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोपाल विश्वकर्मा, गोम्बु शेर्पा, हिमाल कार्की, खगेश्वरी पौडेल, डोलमा तामाङ, गीतादेवी रेग्मी, निरन राई, किशोरचन्द्र दुलाल र शिलादीक्षित कार्कीले बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक माघ १३ गते दिउँसो १ बजे बस्नेछ । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
