‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ प्रदर्शन

‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ प्रदर्शन

२०८१ माघ १६, बुधवार

भैरहवा (रुपन्देही) : संविधानसभा सदस्य सुनिलबाबु पन्तद्वारा निर्देशित ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ वृत्तचित्र भैरहवामा प्रदर्शन गरिएको छ । भैरहवास्थित ‘काशी सिनेप्लेक्स’मा उक्त प्रदर्शनी गरिएको हो ।

नेपालको प्राचीन इतिहासदेखि नै महिला अधिकार र तेस्रोलिङ्गीलाई सम्मानका साथ समाजमा पहिचान स्थापित गराइएको वृत्तचित्रमा चित्रण गरिएको छ । नेपालमा महिला र पुरुषसँगै ६ प्रकारका लैङ्गिक पहिचान रहेको र यसलाई वर्तमान पुस्ताले पनि अङ्गिकार गर्न सक्नुपर्ने उक्त वृत्तचित्रमार्फत् सन्देश दिन खोजिएको छ ।

नेपालको संस्कृति र लैङ्गिक विविधताको अवस्था, महिला अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार र मातृसतात्मक समाजको चित्रण गर्ने उद्देश्यका साथ वृत्तचित्र प्रदर्शन गरिएको निर्माता पन्तले जानकारी दिनुभयो । यसलाई लक्षित दर्शकमाझ पु¥याउनुपर्ने उहाँले आवश्यकता औँल्यानुभयो ।

वृत्तचित्र हेरेपछि अजिमा र लैङ्गिक पहिचानको विषयमा धेरै जानकारी पाइएको स्थानीय एलिना आचार्यले बताउनुभयो । उहाँले वर्षौँदेखि नेपालले मातृसत्तामा विशेष पहिचान बनाएको र यसलाई वृत्तचित्रमार्फत सुन्दर ढङ्गले प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ १६, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य