चोरीका कपडासहित चार पक्राउ
२०८१ माघ १६, बुधवारकाठमाडौँ ः महानगरपालिका–३० डिल्लीबजारस्थित सौरभ लोहियाले सञ्चालन गरेको आनन्द गार्मेन्टबाट चोरी भएका कपडासहित चार जना पक्राउ परेका छन् । प्रहरीले सोही गार्मेन्टमा काम गर्ने २८ वर्षीय निरज मोदी, ४६ वर्षीय सुरेश सहनी, ३३ वर्षीय पदमलाल श्रेष्ठ र ५३ वर्षीय भारतीय नागरिक शेख अबदुल रहमनलाई पक्राउ गरेको हो ।
रासस