बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा

बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा

२०८१ माघ २३, बुधवार

काठमाडौ.: संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र उहाँका श्रीमती डचेस सोफी नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ ।

उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूले स्वागत गर्नुभएको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानुहुुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ २३, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य