मूलश्री महाविहारका तेज बहादुरलाई चक्रेश्वराभिषेक
२०८१ माघ ३०, बुधवारकाठमाडौँ : काठमाडौँको मूलश्री महाविहार (मू बहाः) का ज्येष्ठ सदस्य तेजबहादुर बज्राचार्यलाई धार्मिक अनुष्ठानअनुसार चक्रेश्वर नियुक्त गरिएको छ ।
मूलश्री महाविहारमा भएको चक्रेश्वराभिषेक कार्यक्रममा काठमाडौँको १८ वटै महाविहारका चक्रेश्वरहरुसहित लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा बौद्ध विद्वान प्रा डा नरेशमान बज्राचार्य र राजगुरु मञ्जुश्री रत्न बज्राचार्यको उपस्थितिमा मूलाचार्य ज्ञानरत्न बज्राचार्यबाट सम्पूर्ण धार्मिक विधिविधान पालना गरी चक्रेश्वराभिषेक सम्पन्न गरिएको हो । राजगुरु, मूल गुरु (मूलाचार्य) लगायत वरिष्ठ गुरु र बौद्ध विद्वानहरुको उपस्थितिमा सो महाविहारमा ज्येष्ठ सदस्यपछिका चार ज्येष्ठ सदस्यहरुले धार्मिक अनुष्ठान गर्दै चक्रेश्वर नियुक्त गर्नुभएको हो । समारोहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्ययलगायत विभिन्न बौद्ध महाविद्यालयका प्राचार्यहरुलगायत बौद्ध विद्वानहरुको पनि सहभागिता रहेको थियो । समितिका अध्यक्ष वरिष्ठ भूगर्भशास्त्री समज्वल रत्न बज्राचार्यका अनुसार मौलिक परम्परा र संस्कृतिहरु झन्डै लोप हुने अवस्थामा पुगेको हालको परिप्रेक्ष्यमा मूलश्री महाविहार संरक्षण समितिले बुद्ध धर्मको ‘सर्व प्रकारं जगतो हिताय’को मान्यतालाई आत्मसात् गर्दै चक्रेश्वराभिषेक कार्यक्रम आयोजना गरिएको बताउनुभयो । काठमाडौँमा यस्ता महाविहार १८ वटा रहेका छन् भने ललितपुर, भक्तपुर, बनेपालगायत देशैभरि तथा संसारका अरू ठाउँमा पनि यस्ता महाविहार रहेका छन् । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
