अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

२०८१ माघ ३०, बुधवार

दिपायल : अपाङ्गता भएका यहाँका व्यक्तिलाई उनीहरुका घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।

बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउनुभएको हो ।

शारीरिक रूपमा पूर्ण अशक्त उहाँहरु नागरिकता लिन प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको प्रजिअ जोशीले बताउनुुभयो । उहाँले भन्नुभयो, “हामीले एक मानसिक तथा शारीरिक र एक शारीरिक रूपमा अशक्तलाई नागरिकता उपलब्ध गराएका छौँ । उहाँहरूले पहिले नाबालक परिचय पत्रबाट सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको रहेछ ।”

जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कोही त्यस्ता व्यक्तिहरू भएमा घरमै गएर नागरिकता उपलब्ध गराउन सकिने प्रजिअ जोशीले बताउनुुभयो ।

बोगटान फुड्सिल गाउँपालिका– ५ उपल्लागाउँका सुरेश बोहराले घरमै नागरिकता पाउँदा खुुसी व्यक्त गर्नुभयो । गाउँपालिकाको सहजीकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुुभयो ।

नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरिएको उहाँले बताउनुुभयो ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ ३०, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य