खानेपानीका मिटर चोरीका घटना बढ्दो

खानेपानीका मिटर चोरीका घटना बढ्दो

२०८१ माघ ३०, बुधवार

मनहरी (मकवानपुर), २७ माघः हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ । डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरु चोरी भएका छन् । घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरी हुने गरेको हो ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाका अनुसार गत पुसदेखि मिटर चोरी हुन थालेको हो । उपभोक्ताहरूले व्रासवडी मिटर जडान गरेका छन् । एउटा मिटरभित्र करिब आधा केजी पितल हुने गर्छ । उक्त पितल बिक्री गर्न खानेपानीको मिटर चोरिएको हुनसक्ने अनुमान बोर्डले गरेको छ ।

मिटरमा पाइने पितल बजारमा रु आठ सयसम्ममा बिक्री हुने गर्छ । हाल दैनिक एकदेखि तीनवटासम्म मिटर चोरी हुने गरेको छ । खानेपानीको मिटर चोरीको घटना मुख्यगरी हेटौँडा उपमहानगरपालिका–२, ४ र ५ नम्बर वडामा भइरहेको बोर्डले जनाएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ ३०, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य