भिक्षुसङ्घलाई सामूहिक सङ्घदान
२०८१ फाल्गुन ७, बुधवारकाठमाडौँ : स्वयम्भूस्थित आनन्दकुटी विहारमा ३ गते आयोजिय कार्यक्रममा भिक्षुसङ्घलाई सामूहिक सङ्घदान गरिएको छ ।
उदाय् समाजको संयाजकत्वमा भएको कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान गरिएको थियो । समाजद्वारा आयोजित यो चौथो सङ्घदान हो । यसपटकको सङ्घदानमा समाजमा आबद्ध नरहेका व्यक्ति तथा संस्थालाई पनि दान दिइएको थियो । सङ्घदान अघि आनन्दकुटी विहारका प्रमुखभिक्षु धर्ममूर्ति महास्थवीरले बुद्धधर्ममा दानको महिमाबारे प्रवचन दिँदै श्रद्धापूर्वक गरिएको दानले आशा नगरेकै भए पनि दातालाई पुण्य प्राप्त हुने बताउनुभयो । रासस

अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
