गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात

गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात

२०८१ फाल्गुन ७, बुधवार

गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात गोरखा : गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात पर्न थालेको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा आज दिउँसोदेखि हिमपात पर्न सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिनुभयो ।

चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको बताउनुभयो । हिमपातका कारण स्थानीयवासीलाई घरबाहिर निस्कन समस्या परेको छ । “दिउँसोदेखि नै लगातार हिमपात भइरहेको छ । हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित हुन थालेको छ”, लामाले भन्नुभयो ।

हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका पथप्रदर्शक सूर्य खनालले जानकारी दिनुभयो । “यत्तिकै हिमपात परिरहे लार्केपासतर्फ अघि बढ्नेसक्ने अवस्था हुँदैन । आइतबार बिहानसम्मको अवस्था हेरेर मात्र अघि बढ्ने वा फर्कने भन्ने निश्चित हुन्छ”, उहाँले भन्नुभयो ।

हिमपातले लार्केपासको पदमार्ग पूरै ढाकेको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ फाल्गुन ७, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य