राजनीतिक दल र सरकारी कर्मचारीलाई राज्यको ढुकुटी लुटेर भ्याइनभ्याइ, जनता भने भोकभोकै सुत्दै !

राजनीतिक दल र सरकारी कर्मचारीलाई राज्यको ढुकुटी लुटेर भ्याइनभ्याइ, जनता भने भोकभोकै सुत्दै !

२०८१ फाल्गुन १४, बुधवार

काम गरेको ठाउँमा पारिश्रमिक नपाएपछि, सहकारीले पैसा खाइदिएपछि सर्वसाधारणले आफ्ना खाना कटौती गरेका छन् । दुई छाकको साटो एक छाक खान थालिएको छ । धेरैलाई यो गाउँघरमा भएको लाग्न सक्ला तर यो तीतो यथार्थ काठमाडौं उपत्यकाकै हो । बेलुका खान्छौं, बिहान खाँदैनौं भन्नेहरु छ्याप्छ्याप्ती भेटिन्छन् ।

दाल र चामल एकैठाउँ मिसाएर जाउलो पकाएर खाएको भन्नेहरुको उपत्यकामा बिगबिगी छ । उता, कोठा भाडा तिर्न नसकेको उनीहरुको गुनासो छ । काम गरेका छन्, तर महिनौंदेखिको तलब पाएका छैनन् । कतिपय बाटो–बाटोमा काम पाइन्छ कि भनेर सोध्दै हिँडेका हुन्छन् ।

व्यापार व्यवसाय गरेर बसेकाहरुलाई पनि साह्रै समस्या छ । मन्दीका कारण उनीहरुले पनि सटर भाडा तिर्न सकेका छैनन् । पछिल्लो समय सबै समस्यै समस्यामा छन् । प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्,‘म दाल रोटी मात्र खान्छु, भ्रष्टाचार गर्दिँन् ।’ कुरो के भने जनताले त्यही दालरोटी पनि खान पाएनन् ।

भोकै सुतिरहेका छन् । यता, ७० हजार मूल्य पर्ने विदेशी पानी खाएको हिसाबचाँहि कसले देखाउने ? भक्तपुरको बालकोटमा उनको पाँचदेखि १० रोपनी जग्गामा दरबारजस्तो घर छ । तेह्रथुम, झापामा पनि घरजग्गामा छ । यो कहाँबाट आयो ? मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आरोप लगाइरहेको कम्बोडियोको ३२ अर्ब कहाँबाट आयो ?

बैंकमा सेयर होला, उप्रोमाथि थुप्रो पैसा होला । गरगहना होला । उनको देखिने व्यापार व्यवसाय त केही छैन् । अनि यत्रो सम्पत्ति आयो कहाँबाट ? हिसाबकिताब देखाउनुपर्यो । मुखले भन्नलाई पनि जसले पनि भ्रष्टाचार गर्दिन् भनिहाल्छन् नि । ओलीकी श्रीमती राधिका शाक्य बैंकको कर्मचारी हुन् ।

उनले कि श्रीमतीले भ्रष्टाचार गरेर कमाएको हो भन्नुपर्यो कि आफूले । त्यो सम्पत्तिको स्रोत त देखाउनुपर्यो । देशको अवस्था नाजुक छ । जनता भोको बसेका छन् । देश विदेशी ऋणको दलदलमा फसेको छ । तैपनि आफ्नोलाई पोस्न छोड्दैनन् । आफ्नो निकटस्थ युवराज खतिवडालाई मन्त्रीसरह तलब दिएर आर्थिक सल्लाहकार राखेका छन् ।

उनी सल्लाहकार भएपछि देशको अर्थतन्त्र कति सुध्रियो ? नचाँहिदो पद सिर्जना गर्ने अनि जनताले तिरेको कर उडाउने ? प्रधानमन्त्रीजस्तो व्यक्तिलाई देशको अवस्थाबारे केही ख्याल नै छैन् । विलासितामा बाँच्न रमाएका ओलीले तीन करोड रुपैयाँ पर्ने घडी हातमा बाँध्छन् । ४५ लाख पर्ने चश्मा कसले दियो ?

लाखौं पर्ने दाउरा सुरुवाल, कोट, जुत्ता लगाउन उनको आर्थिक हैसियत के ? उनी एउटा सामान्य परिवारमा जन्मिएको मान्छे । अनि यत्रो सम्पत्ति कहाँबाट आयो ? के यो भ्रष्टाचार होइन् ? देशका नेता, सरकारी कर्मचारी र जनप्रतिनिधिलाई मोज छ । जनताले तिरेको करबाट खुरुखुरु तलबभत्ता आइहाल्छ ।

उल्टै भ्रष्टाचार पनि गरेका छन् । सार्वजनिक बिदाका दिन सरकारी कर्मचारी मोजमस्ती गर्छन् । आफन्त बोलाउँछन्, मिष्ठान्न पकाउँछन्, भोज लगाउँछन् । तर, जनताचाँहि चामल बचाउन एकछाक मात्र खान्छन् । जनता न आफ्नो अधिकार लिन सक्छन् न नेता र सरकारी कर्मचारीसँग प्रश्न गर्न सक्छन् ।

विदेशबाट ल्याएको २७ खर्ब खोइ ? जनताले तातो भूमिमा मरिमरि कमाएर पठाएको रेमिट्यान्स खोइ ? हामीले तिरेको कर खोइ ? छिमेकी चीन र भारतलाई बेचेको जमिनको पैसा खोइ ? भनेर प्रश्न गर्ने आँट जनतासँग छैन् । जनताको सोझोपनको फाइदा नेता, सरकारी कर्मचारी र जनप्रतिनिधिले उडाए ।

जति कर तिरेपनि खाएरै सकाएका छन् । नपुगेर विदेशीको सामुन्ने पनि हात फैलाएका छन् । नेपाली सँधै राजनीतिक दलको कार्यकर्ता भएर बस्यौं । सच्चा नेपाली भइदिएको भए आज नेपाल सायदै यस्तो हुन्थ्यो ? न जनता भोकभोकै सुत्नपर्ने दिन आउँथ्यो । राजनीतिक दलको झोले बनेका नेपालीहरुले मुखमा बुझो लगाए ।

पार्टी सदस्यताको नाममा आफ्नोविरुद्ध उठ्ने औंला रोक्दै गए, हामीले बुझ्दै बुझेनौं । जसले सबैभन्दा धेरै घुस खान्छ, उसैलाई ‘राष्ट्रसेवक’ को ट्याग दियौं । हामीले भ्रष्टाचारी भनेर सशक्त रुपमा आवाज उठाउन सकेनौं । भ्रष्टाचार गर्ने नेताको सामुन्ने हामी निरीह र लाचार बन्यौं ।

हाम्रो चुप्पीको फाइदा उनीहरुले लिए । हामीले जे गर्दापनि जनता चुप लाग्छन् भन्ने परेर उनीहरुमा भ्रष्टाचार गर्ने मनोबल बढ्दै गयो । जनताले मुखमा बुझो लगाउँदाको असर आज सबैको अगाडि छ । विश्वको नजरमा नेपाल कहाँ छ ? भन्दा पनि लाज लाग्ने अवस्था छ ।

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल ठगहरुको देश भनिदिईसकेका छन् । तैपनि नेताहरुलाई कुनै फरक परेको छैन् । योभन्दा लज्जास्पद कुरा के होला ? जनताले बेलैमा सचेत गराइदिएको भए, आज विदेशीले यसरी भन्दैन्थिए होला । नेपालीको इज्जत कहाँ पुग्यो ?

कुन आधारमा नेपाली भन्ने ? यो कुरा विश्वले थाहा पाएको छ । विश्वको मिडियाले यसलाई समाचार बनाएको छ । विश्वले नै यसबारे थाहा पायो । अर्कोतिर, यसैको फाइदा उठाएर छिमेकीले नै हामीलाई दबाए । भारत र चीनले नेपालको भूभाग मिच्दा सुरक्षाकर्मीहरु टुलुटुलु हेरेर बसे । आफ्नो भूभाग जोगाउन उनीहरुले केही गर्न सकेनन् ।

जनतामाथि शासन लाद्ने नेताहरु विदेशीको अगाडि चुइक्क बोल्न पनि सक्दैनन् । बोलुन पनि कसरी ? उनीहरुबाटै ल्याएर खाएको छ । कुनै समयको प्रभावशाली मुलुकलाई नेताहरुले गिराए । अरुलाई सहयोग गर्ने मुलुक आज हात थाप्ने मुलुक बनेको छ । हामीलाई मागेर खाने बानी पर्यो ।

जसका कारण विश्वको नजरमा नेपाल भिखारी देश पनि बन्यो । अमेरिकाले सहयोग रोक्नेबित्तिकै नेताहरुको होस उडेको छ । एनजिओहरुको सातो गएको छ । नेपालीलाई गरिब देखाएर डलरको खेती गर्नेहरुलाई रातमा निद्रा न दिनमा भोक भएको छ । भोलि अरु देशले पनि सहयोग दिँदैन् ।

अरु देशमा भएको नागरिक पनि नेपाल फर्काइदिन्छन् । सम्पत्ति शुद्धिकरणमा नेपाल ग्रे लिष्टमा परिसकेको छ । अब व्ल्याक लिष्टमा पर्ने बाटोमा छ । अलिअलिको अनुदान पनि रोकिन्छ । भारतसहित तेस्रो मुलुकले सामान पठाउन छोडिदिन्छन् । अनि हालत के हुन्छ ? जनताले के खान्छन् ?

त्यतिबेला सेयर, गाडी र घरको ईट्टा टोक्नु । आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्ने काम गरिएको छ । भारतले एक साता मात्र सामान, ग्याँस, इन्धन पठाइदिएन् भने नेताहरुले देश नै भारतलाई सुम्पिन्छन् । आत्मनिर्भरता छैन् । तै चला भन्छन्, छोडिदिन्छन् । उनीहरुलाई न हिजो देशको माया थियो न आज ।

आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति थुपारेका छन् । त्यति भए उनीहरुलाई पुगिहाल्यो । देश कुन अवस्थामा पुगिसक्यो ? भन्ने कुरा अझैपनि नेताहरुले ख्याल गरेका छैनन् । नेता र सरकारी कर्मचारीले आफू बच्नका लागि जनता विदेशमा बेचे । पढेलेखेका, युवाहरुलाई विदेशमा बेचे ।

गाउँका घर रित्तियो । खेत बाँझो भयो । कमाउनका लागि जनताहरु धमाधम बाहिरिए । त्यसपछि नेता र सरकारी कर्मचारीले बसिबसि खाए । मोज गरे । देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो । तर, त्यो शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई मात्र रहेछ ।

जनताको नाम लिएर यिनीहरुले देश नै बेचिदिए ।

अनुसा थापा, भक्तपुर

  • प्रकाशन मिति : २०८१ फाल्गुन १४, बुधवार
  • अग्रपृष्ठ

    लस एन्जलसमा नेपाली पर्यटन प्रवद्र्धन
    ‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
    नगरमा छात्राबासहरुको अनुगमन गर्ने
    ‘सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’
    ‘गौरी–अनन्त पुरस्कार’ नेपाः सूचना केन्द्रलाई
    नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
    अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
    वन पैदावारबाट एक अर्बबढी राजस्व
    काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा
    सरकारको वार्षिक प्रतिवेदन पेस
    सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपा सम्मान कायस्थलाई
    ‘नेपाल भ्रमण वर्ष २०२५’ शुभारम्भ
    व्यापार ,व्यवसाय सञ्चालनमा अवरोध नगर्न अदालतको आदेश
    मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
    झापामा सीमास्तम्भ मर्मत गरिँदै
    ५९ लाख मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक अनुमान
    बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
    कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन पालिकाकालाई निर्देशन
    सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुट
    त्रिविको ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
    सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक
    बर्दियामा दिगो वन व्यवस्थापनका लागि नयाँ बिरुवा रोपण गरिदैं
    मनाइयो योमरी पूर्णिमा (योमरी पुन्हि)
    माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती

    अर्थ /बिकास

    वीरगञ्ज नाका हुँदै सात महिनामा १.४ खर्बको पेट्रोलियम पदार्थको आयात
    आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान
    श्री सार्ई इन्टरप्राइजेजको सेवा विस्तार
    सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
    हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै
    रम्भाका चौध घरमा सामुदायिक घरवास सञ्चालन
    मह आयात रोक्न माग
    घरजग्गा कारोबार ः गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
    वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
    बाँझो जग्गामा सामूहिक आलुखेती
    आठ करोडको लगानीमा च्याउ उद्योग सञ्चालनमा
    आठौँ चेम्बर एक्स्पो यही माघ १७ देखि
    घुन्सा खोला जलविद्युत्ः आयोजनालाई रकम जुट्यो, बैंक तथा वित्तीय संस्थाले रु १२ अर्ब ७० करोड लगानी गर्ने
    एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पु–याउने लक्ष्य
    पोतमारा साना जलविद्युत् आयोजनाको पुनर्निर्माण हुँदै
    म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा
    मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
    विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
    नयाँ पाइपलाइनको परीक्षण सम्पन्न
    ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग
    अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति
    ‘नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा’
    वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण.
    अवैध उत्खनन्मा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा
    लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न
    रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
    घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
    स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन
    सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु
    तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
    मङ्सिरमा घरजग्गाको कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन
    साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु
    टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी

    स्वास्थ्य

    नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’ अभियान
    बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो
    तीन हजार पाँच सयजनाको निशुल्क मुटु जाँच
    नुन र मुटु रोगको सम्बन्ध
    पाँचखालमा सातसयको आँखा परीक्षण
    हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला
    चाकु र तरुल मानव शरीरका लागि लाभदायक
    इलाममा स्वास्थ्य शिविर
    समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च
    अटिजम विरुद्ध निर्देशिका तयार पार्न समिति गठन
    भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
    निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु
    राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

    धर्म/संस्कृति

    महाशिवरात्रि २०८१
    गोरखकाली पूजा
    भिक्षुसङ्घलाई सामूहिक सङ्घदान
    भीमा एकादशी व्रत मनाइयो
    दन्तकाली मन्दिरमा स्वस्थानी व्रतालुको भिड
    माइमेलामा भक्तजनको भीड
    पौष शुक्ल पूर्णिमा ः स्वस्थानी व्रतकथा सुरु
    गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु
    प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु
    बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार
    काठमाडौँमा १०औँ वार्षिक ड्रुक्पा काउन्सिल आयोजना हुने
    मध्यपुरबाट बिदा भए देवगण
    रामकोटमा रु ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण
    पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन
    बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा सकियो

    बिचार/लेख

    राजनीतिक दल र सरकारी कर्मचारीलाई राज्यको ढुकुटी लुटेर भ्याइनभ्याइ, जनता भने भोकभोकै सुत्दै !
    भक्तपुरमा अहिलेपनि नेमकिपा र एमालेको दादागिरी, सरकारी सेवासुविधाबाट वञ्चित गराइने हुँदा चुपचाप सहनुपर्ने जनताको मजबुरी !
    धामीझाँक्री र माताको नाममा मौलायो ठगीधन्दा, सरकारले गर्यो आँखा बन्द !
    ताप्लेजुङका जनताबाट अन्य जिल्लाका जनताले पाठ सिकौं, भ्रष्टाचारीको विरोधमा लागौं !
    बैंक डुब्न लागेको चर्चा सर्वत्र, नियमनमा छैन् सरकारलाई वास्ता !
    मानव जातिमा मानवता हराउँदा चराचुरुंगी विस्थापित, चौपायाको बिजोग !
    राष्ट्रको लागि जम्मै मौन, व्यक्तिगत स्वार्थ पुरा गर्न जताततै आन्दोलन !
    करोडौं जनताको बिल्लीबाठ बनाउनेलाई सरकारको संरक्षण, पीडितको पक्षमा कसले बोलिदिने ?
    जनताको मर्का कसले बुझ्ने

    उपत्यका

    शिवरात्रिमा पशुपति क्षेत्रमा टाफिक सुरक्षा योजना तयार
    कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
    पुलुकिसी जात्रा १२ वर्षपछि सुरु
    सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु
    भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु
    सम्यक दान पर्वमा २००० भिक्षुलाई महादान गरिने
    माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइ नभ्याइ
    १.२६ करोडको लागतमा सिसिटिभी जडान गर्न सम्झौता
    सम्पदा पदयात्रा सम्पन्न
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण

    समसामायिक

    वन मुद्दा फछ्र्यौटमा समस्या
    धनुषामा विपन्न परिवारका लागि कृषि खाद्य परियोजना सुरु
    गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
    शिवरात्रि मूल समारोह समिति गठन
    सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
    दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग
    भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
    खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः पचास लाख बराबरको क्षति
    भन्सार छलीका सामान बरामद
    निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
    विषादीरहित सात किलो काउली उत्पादन
    जग्गा उपलब्ध नहुँदा शीतभण्डार निर्माण हुन सकेन
    दुग्ध विकास संस्थानले ति¥यो ३१ वर्षको सम्पत्ति कर
    नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
    ‘केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो’
    सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
    पश्चिम नेपालबाट पुनः मौसम बदली
    ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
    टेलिकमद्धारा विविध कार्यक्रमहरु सञ्चालन
    भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र
    दुर्लभ पन्छी हुचिल लोप हुँदै
    चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
    बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
    थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
    भाटभटेनी सुपर मार्केटलाई दुई लाख जरिवाना
    प्रहरीद्वारा गाँजा र अफिम फँडानी
    सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो
    तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
    दुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान

    बालकथा

    बहादुर केटाको कथा
    ऊँट र जेब्राको कथा
    दुई भ्यागुताहरूको कथा
    सुनौलो हंस
    मुसाको भूत
    धेरै भोको झुसिल्कीरो
    किंग कोबरा र कमिला
    चतुर स्याल
    सानो केटा नेत्रनील
    सानो – एक रमाइलो घोंघा

    अपराध

    नक्कली परीक्षार्थी पक्राउ
    पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी
    रुख कटान गरेको आरोपमा दुई जना पक्राउ
    सात सय २६ केजी गाँजा बरामद
    खानेपानीका मिटर चोरीका घटना बढ्दो
    खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
    चोरीका कपडासहित चार पक्राउ
    १३७ सहकारी संस्थाविरूद्ध उजुरी
    आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
    लागुऔषधसहित १० जना पक्राउ
    घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
    अनुगमनका क्रममा चार सय पन्ध्र बोरा रासायनिक मल जफत
    अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि

    मनोरञ्जन

    १०औँ नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी सम्पन्न
    ‘ताण्डवम्’को श्रव्यदृश्य सार्वजनिक
    एपिक नेपाल म्युजिक अवार्ड घोषणा
    ‘कथा कस्तुरी’को प्रदर्शन : नेपाल–भारत रङ्ग महोत्सव
    चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति
    अमेरिकाबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन सुरु
    ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ प्रदर्शन
    बालबालिकाले बनाएका चित्रकला प्रदर्शनी
    यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण
    सिक्लेसमा ठेलो हान्ने मेला
    पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी
    माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो
    लण्डनमा गुन्जियो कन्दरा
    बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
    चितवन हात्ती महोत्सव
    चलचित्र छायाङ्कनः ‘ड्रोन’कार्यशाला
    भारतीय गायक सोनु निगम नेपाल आउँदै
    ‘समावेशी चित्रकला प्रदर्शनी २०८१’ सुरू

    खेलकुद

    सेना दिवसमा ‘रन फर फन’ प्रतियोगिता
    प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने
    तरुण कप भलिबल प्रतियोगिता आगामी फागुनमा
    मैवाखोलामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
    पृथ्वी मावि बाक्सिलाले कब्जा ग–यो राष्ट्रपति रनिङ शिल्ड
    सभापति कप फुटबल प्रतियोगिता बिहीबारदेखि
    बागमती गोल्डकप फुटबल फागुनमा
    पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
    तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै
    नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
    अपाङ्गता भएका व्यक्तिहरूको बास्केटबल प्रतियोगिता

    अन्य

    दशरथचन्दमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
    आसाम साहित्य सम्मेलनमा नेपाली र आसामी सम्बन्धबारे चर्चा
    संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय
    ३४ औँ अख्तियार स्थापना दिवस
    मूलश्री महाविहारका तेज बहादुरलाई चक्रेश्वराभिषेक
    काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन हुँदै
    बडघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु
    अमर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण
    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापाको ‘तन्त्र और मन्त्र विज्ञान’ सार्वजनिक
    नेपाल टेलिकमको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न
    जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
    गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
    उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
    राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
    नेपाल टेलिकमका टावरहरुमा क्षति पु¥याउने प्रयास
    टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु
    म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान
    नागरिक लगानी कोष र आइएमईबीच शेयर प्रत्याभूति सम्झौता