यही असार ७ गते काठमाडौँमा बृहत् थारू सांस्कृतिक कार्यक्रम गरिने

यही असार ७ गते काठमाडौँमा बृहत् थारू सांस्कृतिक कार्यक्रम गरिने

२०८२ असाढ ४ , बुधवार

काठमाडौँ ः राष्ट्रिय थारू कलाकार मञ्चले यही असार ७ गते काठमाडौँमा बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । विश्व सङ्गीत दिवसका अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागेको जनाएको छ ।

मञ्चले आज यहाँ पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो । मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले भन्नुभयो, “विश्वभर सङ्गीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला–संस्कृति र पहिचानलाई जोगाउन तथा सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारहरूको जनचेतनामूलक बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हौँ ।”

कार्यक्रममा मुलुकभरका ५० बढी थारू कलाकारहरूले थारूको लोकगीत, मौलिक नाचहरू धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृति झल्कने प्रस्तुति रहने उहाँले बताउनुभयो । पहिलो दिन सांस्कृतिक कार्यक्रम र दोस्रो दिन वार्षिक साधारणसभा हुनेछ ।

“कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पहिलो दिन ‘भाषा, कला–संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान’ भन्ने मूल नारासहित बृहत् थारू सांस्कृतिक कार्यक्रम हुन्छ,” अध्यक्ष वैद्यले भन्नुभयो, “दोस्रो दिन वार्षिक साधारणसभा गर्नेर्छौं ।”

कार्यक्रममा थारू परिकारहरूको स्वाद लिन सकिने स्टल, थारू परम्परागत पहिरन, गहना र सांस्कृतिक सामग्रीहरूको प्रदर्शनी पनि राखिने बताइएको छ । राष्ट्रियस्तरमा थारू कलाकारहरूको उपस्थितिमा पहिलोपटक हुन लागेको बृहत् सांस्कृतिक कार्यक्रम मनोरञ्जनको माध्यम नभई थारू पहिचानको संरक्षण र सशक्तिकरणतर्फको सार्थक प्रयास रहेको र अन्य जातिलाई पनि आफ्नो कला र सङ्गीत जोगाउन प्रेरणा जगाउने उद्देश्य रहेको उहाँको भनाइ थियो ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ ४ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य