भिक्षु सासनपालद्वारा भिक्षुसङ्घलाई विहार दान

भिक्षु सासनपालद्वारा भिक्षुसङ्घलाई विहार दान

२०८२ बैशाख २४ , बुधवार

काठमाडौँ ः भिक्षु सासनपालले अखिल नेपाल भिक्षु महासङ्घलाई विहार दान गर्नुभएको छ । भिक्षु महासङ्घको आठौँ सङ्घनायक भिक्षु बोधिसेन महास्थवीरको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित ‘विहार दानोत्सव’ कार्यक्रममा काठमाडौँ महानगरपालिका–१५, चागलमा स्थापना गरिएको इका बुद्ध विहार दान प्रदान गरिएको हो ।

भिक्षु सासनपाल (सत्यराज मानन्धर) ले भिक्षुत्व ग्रहण गर्नुअघिको आफ्नो निवासलाई विहार बनाउनुभएको थियो । उहाँलाई भिक्षुमैत्री महास्थवीरले भिक्षुसङ्घमा प्रवज्या दिलाउनुभएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भिक्षु कोण्डन्य महास्थवीरले कुनै प्रतिफलको आशा नगरी प्रफुल्ल मनबाट दान गर्न सकिए त्यसबाट ठूलो पुण्य प्राप्त हुने बताउनुभयो ।

वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले १५ वडाभित्र विहार स्थापना भएकामा खुसी व्यक्त गर्दै वडाबाट सक्दो सहयोग प्रदान गर्न वचनबद्धता प्रकट गर्नुभयो ।

कार्यक्रमको प्रारम्भमा सङ्घनायक भिक्षु बोधिसेन महास्थवीरले विहारको सभाहलमा स्थापना गरिएको नयाँ बुद्धमूर्ति अनावरण गर्नुभएको थियो । आजै बुद्धमूर्ति स्थापना गर्न सहयोग प्रदान गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख २४ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य