उदयदेव प्रिमियर लिग हुँदै

उदयदेव प्रिमियर लिग हुँदै

२०८१ फाल्गुन २८, बुधवार

दशरथचन्द : दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग आगामी चैत २२ गतेदेखि सञ्चालन हुने भएको छ । पाटन भ्याली क्रिकेट क्लबले प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको क्लबका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो ।

प्रतियोगितामा सहभागिता जनाउने टोलीले चैत २० गते साँझ ५ बजेसम्म दर्ता गराइसक्नुपर्नेछ । प्रतियोगितामा सहभागिताका लागि रु १३ हजार पाँच सय दर्ता शुल्क तोकिएको छ । प्रतियोगिताको विजेता टोलीले रु एक लाख एक हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ४५ हजार ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु आठ हजार आठ सय ४८, बेष्ट ब्याट्स्म्यान तथा बेष्ट बलरलाई रु पाँच हजार पाँच सय ५५ र उदयमान खेलाडीलाई रु दुई हजार पाँच सय २५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

बैतडीमा रहेका धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीयस्तरमा खेलको विकास गर्न गत वर्षदेखि क्लबले उदयदेव प्रिमियर लिगको आयोजना गर्दै आएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ फाल्गुन २८, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य