सोक्लामा चट्टान आरोहण महोत्सव हुने

सोक्लामा चट्टान आरोहण महोत्सव हुने

२०८२ बैशाख १७ , बुधवार

दोलखा ः सोक्ला उपत्यकामा चट्टान आरोहण महोत्सव हुने भएको छ । भीमेश्वर नगरपालिका–२ मा चट्टान आरोहण महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको हो ।

सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा साहसिक चट्टान आरोहणको हबको रूपमा सोक्ला उपत्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले दुईदिने महोत्सव आयोजना गर्न लागिएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र विभिन्न स्थानीय तहको सहकार्यमा यही वैशाख २० र २१ गते चट्टान आरोहण महोत्सव हुन लागेको हो ।

“साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा चट्टान आरोहण थालिएको हो”, उहाँले भन्नुभयो, “सोक्ला र चक्पा क्षेत्रमा गुमडाँडाको भिर पर्छ । यही प्राकृतिक चट्टानलाई आरोहण गन्तव्य बनाउन ण्महोत्सव आयोजना गरेका हौँ ।” सोक्ला र चक्पाको भिरमा आयोजना गरिने चट्टान आरोहणका लागि बाटो तयार गरिएको छ । यस वर्ष चट्टान बाटो सय मिटरको उचाइमा पु¥याउने लक्ष्य रहेको समाजका अध्यक्ष पाख्रिनले बताउनुभयो ।

सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिकरूपमा समेत महत्वपूर्ण छ । सोक्ला गाउँ विशेष गरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरिशङ्कर शृङ्खला हेर्न तथा धार्मिक अध्ययन अनुसन्धानका लागि प्रसिद्ध छ ।

माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक पक्षको संयोजन गरेको छ । सो अवसरमा चट्टान आरोहण प्रतियोगिता गराइने छ । सहभागीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने समाजका अध्यक्ष पाख्रिनले बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख १७ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य