शिक्षकको विरोध ¥यालीका कारण यात्रुलाई सास्ती
२०८२ बैशाख १० , बुधवारकाठमाडौँ ः काठमाडौँको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडकखण्ड पछिल्ला २० दिनदेखि अशान्त छ । विभिन्न माग राखेर शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकका कारण हरेक दिन लाखौँ व्यक्तिहरुले दुःख पाइरहेका छन् ।
सरकारसँग विभिन्न माग राखेर आन्दोलित शिक्षकहरु आफ्ना माग पूरा गरेरै छाड्ने र सम्झौतामा नटुङ्ग्याउने नीतिका कारण सरकारसँग वार्ताका लागि पनि तयार भएका छैनन् । उनीहरुले यतिबेला अनौपचारिक छलफललाई भने निरन्तरता दिएका छन् । हरेक दिन ‘पिक आवर’मा प्रमुख मार्ग अवरुद्ध हुँदा यसको मारमा विद्यार्थी, कर्मचारी, व्यवसायीलगायतका यात्रु परेका छन् । शिक्षकहरुको सुरक्षाका लागि हजारौँ जनशक्ति हरेक दिन खटिएका छन्भने ट्राफिक प्रहरीका लागि सवारी व्यवस्थापन टाउको दुखाइ बनेको छ । शिक्षकको विरोध ¥यालीका कारण राजधानीको सुरक्षा व्यवस्था, सवारीसाधन आवागमनमा चुनौती थपिएको छ । वैशाख ६ गतेसम्म दिनसम्म दिउँसो १२ देखि ३ बजेसम्म शान्तिपूर्ण रुपमा विरोध ¥याली गरिरहेका शिक्षकहरुले वैशाख ७ गतेदेखि समयतालिका परिवर्तन गरी बिहान ९ देखि १२ बजेसम्म बनाएपछि विद्यार्थी, कार्यालय पुग्ने हतारोमा रहने कर्मचारी, व्यवसायीलगायतका यात्रु सबैभन्दा ठूलो मारमा परेका छन् । मानिसहरु माइतीघरदेखि तीनकुनेसम्म पैदल हिँड्न बाध्य छन्भने सवारीसाधन ‘डाइभर्सन’मा चुनौती थपिएको छ । मुलुकमा विभिन्न क्षेत्रबाट काठमाडौँ केन्द्रित भएका शिक्षकहरुका पनि आफ्नै समस्या छन् । लामो समयसम्म काठमाडौँमा बस्दा खर्चको जोहो गर्न पनि उनीहरुलाई हम्मेहम्मे परिरहेको छभने केही शिक्षकहरु आफन्तकहाँ आश्रय लिइरहेका छन् । चैत र वैशाखको टन्टलापुर घाममा उनीहरुले कहिले गीत गाएर त कहिले कवितामार्फत शिक्षकहरुले आफ्ना माग राखिरहेका छन् । उनीहरुले विभिन्न गीत र नृत्यमार्फत विरोध ¥यालीलाई रोमाञ्चक पनि बनाइरहेका छन् । उनीहरुको विरोध ¥यालीका कारण सिंहदरबार, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर, शङ्खमूल, माइतीघरलगायतका क्षेत्र सामान्य बन्न सकेको छैन । विभिन्न भागबाट काठमाडौँ आएका शिक्षकका कारण विद्यालयको शैक्षिक तालिका प्रभावित भएको छ । ँ शैक्षिकसत्र सुरु हुँदा भर्नालगायतका प्रक्रियाका लागि विद्यालयमा खटिनुपर्ने शिक्षक काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुँदा सामुदायिक विद्यालयको पठनपठान र शैक्षिक क्रियाकलाप प्रभावित भएको छ । माग पूरा गर्नका लागि नेपाल शिक्षक महासङ्घका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुुख देवराज घिमिरेसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी माग सम्बोधनका लागि आह्वान गरिसकेका छन् । उनीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश थापा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेललगायतले पनि पहल गर्नुभएको छ । साथै उच्चस्तरीय राजनीतिक पहलसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घबीच अनौपचारिक तहमा कुराकानी भइरहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय शिक्षा विधेयक, २०८१ ले नसमेटेका व्यावहारिक र न्यायिक मागहरुलाई पारस्परिक संवादका आधारमा प्याकेजबाटै सम्बोधनको तयारी भइरहेको बताउनुहुन्छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनौपचारिक कुराकानी भए पनि ठोस उपलब्धि हासिल नभएकाले अझै केही दिन आन्दोलन गर्नुुपर्ने स्थिति रहेको बताउनुभयो । उहाँले कुनै पनि हालतमा माग पूरा गरी छाड्ने नीतिका साथ आफूहरुले आन्दोलन अघि बढाएको बताउनुहुन्छ । आन्दोलनमा अनिवार्य उपस्थिति भनिएका कारण सडकमा ७७ वटै जिल्ला र ७५३ स्थानीय तहबाट प्रतिनिधित्व गर्दै शिक्षकको उपस्थिति छ । सरकारले भने शिक्षकहरुलाई वार्तामा आउन र घर फर्कन आग्रह गरेको छ । शिक्षकहरु भने आश्वासनकै भरमा नफर्किने अडानमा छन् । यता सवारी जामले गर्दा विद्यार्थी, कर्मचारी, सर्वसाधारण तातो र चर्को घाममा हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।रासस