श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

२०८२ असाढ ११ , बुधवार

धरान (सुनसरी) ः बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका कृषकलाई अनुदान स्वरुप आधुनिक कृषि उपकरण सामग्री वितरण गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र विकास कार्यक्रम तथा कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत विद्युतीय मोटर, डेलिभरी पाइप तथा त्रिपाल वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । कृषकलाई ४३ थान विद्युतीय मोटर, ६० बन्डलडेलिभरी पाइप र एक सय ५५ थान त्रिपाल वितरण गरिएको छ । नगरपालिकाको बार्षिक कार्यक्रमअनुसार सूचना जारी गरी कृषकहरुको आवेदन सङ्कलनपछि छनोट गरिएका लाभग्राहीलाई गरैया कृषि सहकारी संस्थाको समन्वयमा आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षासहित कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण सामान विरण गरिएको उहाँले बताउनुभयो ।

कृषि क्षेत्र नगर विकासको आधारस्तम्भ भएकाले यस्ता कार्यक्रममार्फत कृषकको उत्पादनशीलता र जीवनस्तर सुधार ल्याउने लक्ष्य लिएको नगरप्रमुख कार्कीको भनाइ छ । कृषकको श्रमलाई प्राविधिक साथ दिन सकियो भने उत्पादन वृद्धि हुनका साथै कृषि उपजको निर्यातमा श्रीलङ्का टापु क्षेत्र अग्रणी बन्न सक्ने उहाँले बताउनुभयो ।

श्रीलङ्का टापुमा मकै, तरकारी, धानलगायतका नगदेबालीको उत्पादन पर्याप्त हुने भएकाले वितरण गरिएका उपकरणको सहयोगले किसानको उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । नगरपालिकाले बर्सेनि बीउविजन र अन्य आवश्यक कृषि उपकरण शतप्रतिशत अनुदानमा वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कट्वाल, कृषि शाखा प्रमुख तुलसा लिम्बू, गरैया कृषि सहकारी संस्थाका अध्यक्ष बद्री राईलगायतको सहभागिता रहेको थियो ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ ११ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य