संस्कृत शिक्षा विस्तार गर्न गुरुकूल सञ्चालन
२०८२ बैशाख २४ , बुधवारबैतडी ः संस्कृत शिक्षाको विस्तार गर्ने उद्देश्यले बैतडीमा संस्कृत गुरुकूल सञ्चालन गरिएको छ । दशरथचन्द नगरपालिकाको ग्वाल्लेक धाम नजिक शिवस्थलीमा ‘शिवशक्ति वेद–वेदाङ्ग संस्कृत गुरुकुलम्’ सञ्चालन गरिएको हो ।
सनातन परम्पराको जगेर्ना गर्ने, संस्कृत शिक्षाको विस्तार गर्ने र सुयोग्य नागरिक उत्पादन गर्ने लक्ष्यसहित गुरुकूल सञ्चालन गरिएको संस्थाका संरक्षक एवं निङ्गलाशैनी भगवती मन्दिरका पूजारी लोकराज भट्टले जानकारी दिनुभयो । गुरुकूल सञ्चालनका लागि स्थानीय समाजसेवी शङ्कर बोहराले जग्गादान गर्नुभएको छ । सोही स्थानमा गुरुकूल सञ्चालन गरिएको भट्टले बताउनुभयो । गुरुकूलको प्रमुख संरक्षक लवदेव पाण्डेय तथा संरक्षकमा लोकराज भट्ट र सुशील पाण्डेय रहेका छन् । गुरुकूलमा केही बालबालिका भर्ना भइसकेका छन् । गुरुकूलको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, दशरथ चन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दलगायतको उपस्थिति रहेको थियो । रासस