राससकर्मी थकाली सम्मानित

राससकर्मी थकाली सम्मानित

२०८२ असाढ ११ , बुधवार

मुस्ताङ ः राष्ट्रिय समाचार समिति (रासस)का मुस्ताङ संवाददाता सुन्दरकुमार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सम्मान गरेको छ ।

गाउँपालिकाले २२औँ गाउँसभा अधिवेशनको अवसरमा गाउँपालिका तथा समग्र जिल्लाको विकासमा पत्रकारितामार्फत योगदान पु¥याएको उल्लेख गर्दै रु १० हजार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

मुस्ताङको समग्र आर्थिक विकास, सुशासन, समृद्धिका साथै जिल्लाको धार्मिक, सांस्कृतिक, सामाजिक, जैविक विविधतालगायतका क्षेत्रमा कलम चलाएको उल्लेख गर्दै थकालीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष रिङजीङ नामगेल गुरुङले बताउनुभयो ।

  • प्रकाशन मिति : २०८२ असाढ ११ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य