रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान

रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान

२०८२ बैशाख ३१ , बुधवार

तानसेन (पाल्पा) ः जिल्लाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले एकल महिला–पुरुषलाई सम्मान गरेको छ । वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्ने उद्देश्यले १५ महिला तथा पुरुषलाई नगद रु पाँच हजारसहित सम्मान गरेको गरेको हो ।

विवाह नगरी बसेका ३५ वर्षभन्दा माथि उमेरका महिला र ४० वर्षभन्दा माथिका पुरुषका साथै विवाह भई श्रीमान् गुमाएका ६० वर्षभन्दा कम उमेरका एकल महिला र श्रीमती गुमाएका ७० वर्षभन्दा कम उमेरका एकल पुरुषलाई सम्मान गरिएको रिब्दीकोट–१ वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयोे ।

“श्रीमतीको १४ वर्षअघि मृत्यु भयो, छोराछोरीको हेरचाहका लागि दोस्रो विवाह गरिनँ, अहिले न छोराछोरीले हेरे, न त आफन्त र सरकारले नै, वडा कार्यालयबाट हामीजस्ता दुःख पाएका व्यक्तिलाई नगदसहित सम्मान गरेकामा खुसी लागेको छ”, जोगीथुमका केशव कुमालले भन्नुभयो । वडाले आफूहरूलाई सम्मान गरेकामा मन खुसी भएको बन्दना सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा कुनै दाजुभाइ छैनन्, म बाबुआमालाई पालेर बसेकी थिएँ, बाबुआमाको मृत्युपछि म एकल जीवन बिताउँदै आएकी छु । एकल रूपमा भए पनि समाजमा आफ्नो काम गरेर जीविकोपार्जन गरेकी छु ।” उहाँले सम्मानस्वरुप पाएको रकमले औषधोपचार तथा आपत् विपद्मा खर्च गर्ने बताउनुभयो ।

वडा कार्यालयबाट गाउँमा बसेका जनतासँग जोडिने काम भएको एकल महिला शारदा सुनारले बताउनुभयो । उहाँले राज्यबाट कहीँकतैबाट सम्बोधनमा नपरेका हामीजस्ता एकल महिला–पुरुषलाई वडाले सम्मान गरेर हौसला बढाएको जनाउँदै एकल महिला तथा पुरुषको विषयमा सङ्घीय सरकारले समेत नीति परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख ३१ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य