रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न

रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न

२०८१ चैत्र १३ , बुधवार

रामेछाप (मन्थली) ः यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३०० बढी सेवाग्राहीले सेवा लिएका छन् ।

सो अवसरमा चालु आर्थिक वर्षभित्र भए गरेका काम र उपलब्धिका बारेमा जानकारी गराउन सार्वजनिक सुनुवाइ पनि आयोजना गरिएको थियो ।

शिविरमा स्वास्थ्य सेवा, कृषि सेवा, तथा पशु सेवा, मनोसामाजिक परामर्श सेवासमेत सञ्चालन भएको थियो । चालु आर्थिक वर्षमा विनियोजित रकम अपेक्षाकृत ढङ्गबाट खर्च हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईँले बताउनुभयो ।

रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले नगरपालिकाको आन्तरिक स्रोत नभएका कारण सधै केन्द्र र प्रदेशमार्फत आउने विकास निर्माणका आयोजना पर्खनुपर्ने बताउनुभयो ।

उपप्रमुख बाला कार्कीले वर्तमान सरकार सङ्घ, प्रदेश र स्थानीय भएर बनेकाले स्थानीय सरकारले असाध्यै साना योजना मात्र सञ्चालन गर्न सक्ने क्षमता भएकाले पालिकाको अपेक्षाकृत ढङ्गबाट विकास हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा अधिकांश स्थानीयले नगरले गरेका गतिविधिहरु छिटो छरितो नगरेको , विकास निर्माणका काम गर्दा उत्तिकै विनास निम्तिएको र यसअघि भएका सार्वजनिक सुनवाइमा गरिएका प्रतिवद्धताको कार्यान्वयन फितलो भएको आरोप लगाए ।

रासस

  • प्रकाशन मिति : २०८१ चैत्र १३, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य