प्रहरीको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

प्रहरीको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

२०८२ बैशाख १० , बुधवार

प्र काठमाडौँ ः प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छजना पक्राउ परेका छन् । काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सो पदको परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

प्रहरीले दोलखाका २३ वर्षीय मोहन सुनुवार, कालीकोटका २४ वर्षीय गोपा शाही, सुर्खेतका २२ वर्षीय मनोज शर्मा र २० वर्षीय उमेश शर्मा, दैलेखका २२ वर्षीय आकाश खड् का तथा जुम्लाका २२ वर्षीय मीन रावललाई पक्राउ गरेको हो । पक्राउ परेका नक्कली परीक्षार्थीलाई काठमाडाँै जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले उनीहरूका साथबाट अर्काको फोटो टाँस गरेको सक्कल प्रवेशपत्र र नागरिकताको प्रतिलिपि बरामद गरेको छ ।

यसैबीच काठमाडाँै प्रहरीले गत चैत १५ गते तीनकुनेमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा धादिङको सिद्धलेक गाउँपालिका–१ का ३४ वर्षीय सन्तोष सिलवाललाई पक्राउ गरेको जनाएको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख १० , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य