नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता

२०८२ असाढ ११ , बुधवार

काठमाडौँ ः नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ)को प्रत्याभूति गर्ने भएको छ ।

सोसम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने जनाइएको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ ११ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य