नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

२०८२ जेष्ठ १४ , बुधवार

काठमाडौं ः नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का÷फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापछि काठमाडौँ उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाट सम्पन्न हुने छ । यसले आवास÷सरल कर्जासम्बन्धी कार्य छिटोछरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ १४ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य