नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण

नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण

२०८२ असाढ ४ , बुधवार

तनहुँ, ३१ जेठः जिल्लाको व्यास नगरपालिका–११ र वडा नं १२ को छबिसेको बाँधबाट बुल्दीखोला किनारमा नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण गरिएको छ । शिसाखोला–बुल्दीखोला, छबिसेबाट घाँसीकुवासम्म कटानका जोखिम भएका विभिन्न क्षेत्रमा गरी एक हजार ४०० मिटर दूरीमा वाल निर्माण गरिएको हो ।

वाल निर्माणका क्रममा करिब डेढ हेक्टर जमिन उकासिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करिब बीस मिटर नदीको भाग छाडेर ग्याबिनवाल निर्माण गरिएको छ, जसबाट छवटा सिँचाइ योजनाका बाँध र खेत कटान नियन्त्रणमा सहयोग पुगेको छ ।”

गत वर्ष असारमा सम्झौता भएर वर्षायामका कारण निर्माण अघि बढाउन नसकेको जनाउँदै उहाँले चालु आर्थिक वर्षको मङ्सिरदेखि काम सुरु गरी निर्माण सम्पन्न गरिएको बताउनुभयो ।

निर्माण कम्पनी मनकामना गुरुङ निर्माण सेवाले रु एक करोड २५ लाखमा ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । उहाँले भन्नुभयो, “यस वर्ष निर्माण कम्पनीलाई रु ९० लाख विनियोजन गरिएको छ, बाँकी रु ३५ लाख आउँदो वर्ष भुक्तानी गर्ने योजना छ ।”

प्रमुख आचार्यका अनुसार कार्यालयबाट सम्झौता गरी निर्माणका चरणमा रहेका ७६ मध्ये पाँच आयोजनाको निर्माण सम्पन्न भइसकेको छ । सालबसालीका योजना बजेटअनुरुप सबै सम्पन्न गरिने उहाँले उल्लेख गर्नुभयो ।

बहुबर्षीय र स्रोत सुनिश्चित नभएकाबाहेक ९५ प्रतिशत आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिइएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ ४ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य