मण्डलामा ‘मञ्जिरा’ मञ्चन

मण्डलामा ‘मञ्जिरा’ मञ्चन

२०८२ जेष्ठ २१ , बुधवार

काठमाडौँ ः थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन भएको छ । यही नाटकमार्फत अभिनेता सरोज खनाल ९ वर्षपछि रङ्गमञ्चमा फर्किनुभएको छ । यसअघि करिब ३० वटा नाटकमा अभिनय गरिसक्नुभएका अभिनेता खनालले विसं २०७३ ‘बाह्र दुर्वासा’ नामक नाटकमा अभिनय गरेपछि चलचित्रमा व्यस्त हुनुहुन्थ्यो ।

“अमेरिकाबाट स्वदेश फर्किएपछि नाटकघरबाट अभिनयको सुरुआत गरेको थिएँ । रङ्गमञ्चमा काम गर्दा आफूलाई बुझ्ने मौका पाउँछु, म आफूलाई सिक्न र बुझ्न यहाँ आउनु गर्छु”, अभिनेता खनालले भन्नुभयो ।

द्वन्द्वकालमा राज्यको चपेटामा परेर यौनहिंसा भोगेकी एक सर्वसाधारण महिलाको कथामा आधारित ‘मञ्जिरा’मा अभिनेता खनालसँगै सरिता गिरी, सरस्वती चौधरी, अनुप न्यौपाने र सुशाङ्क मैनालीले अभिनय गरिरहनुभएको छ । ‘मञ्जिरा’मा न्याय खोज्ने र खोस्नेको कथा रहेको उहाँले जानकारी दिनुभयो ।

“विगतमा चलचित्रकै कारण केही नाटकमा आफूलाई प्रस्तुत गर्न पाइनँ । अहिले चलचित्रभन्दा पनि नाटक मेरो प्राथमिकतामा परेको छ । चलचित्रमा निरन्तर काम गरिरहँदा आफ्नो अभिनय क्षमतालाई बढाउन र मापन गर्न रङ्गमञ्चको आवश्यकता महसुस गर्छु”, उहाँले भन्नुभयो ।

सोमनाथ खनालको निर्देशनमा तयार भएको नाटक ‘मञ्जिरा’ मण्डला नाटकघरमा आगामी असार ८ गतेसम्म मञ्चन हुनेछ । निर्देशक खनाल र सन्देश घिमिरेले नाटक लेख्नुभएको हो ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ २१ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य