लिङ्गमहापुराण र मत्स्यमहापुराण नेपाली भाषामा अनुवाद गरी लोकार्पण
२०८२ असाढ ४ , बुधवार

काठमाडौँ ः गीता प्रेसले श्री लिङ्गमहापुराण र श्री मत्स्यमहापुराण नेपाली भाषामा अनुवाद गरी आज लोकार्पण गरेको छ ।
यी दुईसँगै हालसम्म प्रेसले छ वटा महापुराणको नेपाली अनुवाद सकेको छ । गीता प्रेस नेपालले आज पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा दुवै महापुराण सार्वजनिक गरिएको हो । वैदिक सनातन धर्मको महत्व बुझाउने उद्देश्यले गीता प्रेसले संस्कृत र हिन्दीमा प्रकाशन गरेका ६० पुस्तक हालम्म नेपालीमा अनुवाद गराएको छ ।
नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्रका रुपमा २०७३ जेठमा पशुपतिमा खुलेको गीता प्रेस कक्षले ६० पुस्तक अनुवाद गराएको हो । प्रेसले नेपाली लगायत १४ भाषामा मानवकल्याणका लागि आध्यात्मिक पुस्तक प्रकाशन गर्दै आएको छ ।
अनुवाद भएका पुस्तक लगानीमात्र उठाएर सर्वसाधारणलाई बिक्री गर्ने गरिएको केन्द्रका सञ्चालक जयकिसन सारडा बताउनुहुन्छ । ‘श्रीरामचरितमानस सुन्दरकाण्ड’, ‘शरणागति’, ‘श्रीहनुमानचालिसा’,‘आदित्यहृदयस्तोत्र’, ‘श्रीनारायणकवच’, ‘रामरक्षास्तोत्र’, ‘गजेन्द्रमोक्ष’, ‘अमोघ शिवकवच’, ‘श्रीमद्भगवत्गीता’, ‘नित्यकर्म पूजाप्रकाश’, ‘सरलगीता’, ‘मानवमात्रको कल्याणका लागि’, ‘रामायणका आदर्श पात्र’, ‘आनन्दमय जीवन’, ‘असल बन’, ‘उपनिषद्का चौध रत्न’, ‘प्रश्नोत्तरमणिमाला’, ‘गीतामाधुर्य’, ‘विदुरनीति’, ‘श्रीरामगीता’, नामका पुस्तक नेपालीमा अनुवाद भएका छन् ।
यसैगरी ‘पाण्डवगीता एवं हंसगीता’, ‘बालशिक्षा’, ‘विवेकचूडामणि’, ‘श्रीदुर्गा सप्तशती’, ‘एउटा मनको इच्छापत्र’, ‘नित्य स्तुति र प्रार्थना’, ‘साँचो गुरु को हुन् ?’, ‘नारद भक्ति सूत्र एवं शाण्डिल्य भक्ति सूत्र’, ‘चेतावनी एवं सामयिक चेतावनी’, ‘प्रश्नोत्तरी’, ‘संसारको असर कसरी छुट्छ ?’, ‘अष्टावक्र गीता’, ‘श्रीमद्भगवद्गीता पदच्छेद अन्वय’, ‘एकादशी व्रतको माहात्म्य’, ‘गरुड पुराण सारोद्धार’, ‘बालकका कुरा’, ‘मातृशक्तिको घोर अपमान’, ‘प्रेमदर्शन’, ‘दाम्पत्यजीवनको आदर्श’, ‘अपात्रको भगवत् प्राप्ति’, ‘आदर्श भक्त’, ‘प्रेरणप्रद कथाहरु’ र ‘विष्णुसहस्रनामस्तोत्र’ ‘अध्यात्म रामायण’, ‘गीता माहात्म्य’, ‘अन्त्यकर्म प्रकाश’, ‘रुद्राष्टाध्यायी’, ‘जीवन सञ्जीवनी’ तथा ‘कल्याण कसरी हुन्छ ?’ अनुवाद भएर आई पशुपति क्षेत्रमा बिक्रीका लागि राखिएको केन्द्रले जनाएको छ । ‘नारायणीम्’, ‘विष्णुपुराण’, र ‘श्रीमद्भागवत महापुराण’ पनि अनुवाद भइसकेको छ । रासस
प्रकाशन मिति : २०८२ असाढ ४ , बुधवार