किसानका लागि २८ अर्ब विनियोजन
२०८२ जेष्ठ २१ , बुधवारजनकपु रधाम ः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को बजेटमा रासायनिक मल ख िरद गर्न तथा बाँझो जमिनको उपयोग र उखु किसानको समस्या समाधानका लागि रु २८ अर्ब वजेट विनियोजन गर्नुभएको छ ।
अहिले वैदेशिक रोजगा री तथा कृषिमा न्यून उत्पादन र लगानी बढेका का रण किसान पलायन हुने अवस्था रहेको अवस्थामा यसबाट किसानलाई केही राहत पुगेको छ । अर्थमन्त्री पौडेलद्वा रा आज सङ्घीय संसद्मा प्रस्तुत बजेटको स्वागत ग िरएको छ । धनुषाको ढल्केव रका रामपुका र महतोले मलको समस्या समाधानका लागि बजेट विनियोजन भएकामा खुसी व्यक्त गर्नुभयो । बाँझो जमिनको उपयोग गर्ने सम्बन्धमा भएको घोषणाबाट किसानलाई राहत मिलेको उहाँको भनाइ छ । जनकपु र उद्योग वाणिज्य सङ्घका अध्यक्ष सु रेन्द्र भण्डा रीले बजेट समग्रमा राम्रो भएको र अब यसको कार्यावन्यनमा जानुपर्नेमा जोड दिनुभयो । त राईमा हुलाकी सडक निर्माण, काठमाडौँ–त राइ मधेस द्रूतमार्गको निमार्ण तथा त राई मधेसको जिल्ला सद रमुकामदेखि सीमावर्ती नाकासम्मको सडक निर्माणको घोषणा स राहनीय भएको उहाँले बताउनुभयो । साथै त राईको विपद् व्यवस्थापन, कृषि क्षेत्रको विकास, कृषिमा उद्यम तथा रोजगा री उद्योगको विकास तथा सं रक्षणका साथै पर्यटन विकास र आयात÷निर्यातलाई व्यवस्थित बनाउने कार्य महत्वपूर्ण रहेको प्रा डा योगेन्द्र यादवले बताउनुभयो । विगतमा बजेटको आका र ठूलो हुने त र कार्यावन्यन नहुने जस्तो समस्या हटाउनुपर्ने उहाँको भनाइ छ । रासस