खेलकुद, साहित्यक तथा पर्यटन महोत्सव–२०८२

खेलकुद, साहित्यक तथा पर्यटन महोत्सव–२०८२

२०८२ बैशाख ३१ , बुधवार

खोटाङ, ३० वैशाख ः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जारी ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत ३० वैशाख देखि खुला राष्ट्रिय टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू भएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

दिक्तेल बजारस्थित खोटाङ बहुेउद्देश्यीय कभर्डहलमा टेबलटेनिस तथा जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको छ । खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा ५२ तथा बुद्धिचाल प्रतियोगितामा ४१ जना राष्ट्रिय तथा अन्तरराट्रियस्तरका खेलाडी सहभागी रहेको संयोजनकर्ता जिल्ला बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिनुभयो ।

कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव पर्शुराम बस्नेतले महोत्सवको दोस्रोचरणमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गर्नुभयो । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजित कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । खुला सिनियर पुरुष टेबलटेनिस प्रतियोगिताअन्तरगत प्रथम, द्धितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले रु छ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, खुला जुनियर पुरुष टेबलटेनिसमा प्रथम, द्धिर्तीय र सेमिफाइनष्टिले क्रमशः रु १५ हजार, रु सात हजार ५०० र सेमिफाइनलिष्ट दुईजनाले रु तीन हजार ७५० का दरले नगद प्राप्त गर्नेछन् । खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितीय र तृर्तीय हुनेले रु दश हजार, रु पाँच हजार र सेमिफाइनष्टिले दुईजनाले क्रमशः रु दुई हजार ५०० का दरले नगद पुरस्कार प्रदान गरिने नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो

। रासस

  • प्रकाशन मिति : २०८२ बैशाख ३१ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य