खेलकुद पर्यटनको उच्च सम्भावना

खेलकुद पर्यटनको उच्च सम्भावना

२०८२ जेष्ठ २८ , बुधवार

काठमाडौं ः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा खेलकुद पर्यटनको विकासको लागि उच्च सम्भावना रहेको बताएका छन् ।

राष्ट्रपतिले आज राष्ट्रपति कार्यालय शीतल निवासमा अन्तर्राष्ट्रिय म्याराथन तथा दूरी दौड संघ (एआईएमएस) का अधिकारीहरूसँगको भेटमा उक्त कुरा बताए ।

“नेपालमा सगरमाथाको काखबाट पश्चिम तराईको नेपालगञ्जसम्मको साहसिक अल्ट्रा–म्याराथनदेखि दूरी दौड जस्ता कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइरहेका छन् । मलाई दृढ विश्वास छ कि हाम्रो विशिष्ट भूगोल अनुरूप दौडहरूले खेलकुद पर्यटनमा निश्चित रूपमा नयाँ अवसरहरू खोल्न सक्छन् । हामी नेपालमा खेलकुद पर्यटन प्रवद्र्धन गर्ने एआईएमएस जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको अपेक्षा गर्दछौं,“ राष्ट्रपतिले आफ्नो निजी सचिवालयले उद्धृत गर्दै सो अवसरमा भने । उहाँले विश्व शान्ति, एकता र सद्भावका लागि खेलकुदको महत्त्वमाथि थप प्रकाश पार्दै विशेष गरी दौडको संस्कृतिले स्वस्थ स्वास्थ्य प्राप्त गर्न, स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्न र समृद्ध समाज निर्माणमा योगदान पु¥याउने कुरामा जोड दिनुभयो ।

राष्ट्रपतिका अनुसार, नेपाल खेलकुदको विकासको लागि प्रयासरत छ र सरकारले प्रत्येक वर्ष खेलकुद क्षेत्रमा थप लगानी गरिरहेको छ । त्यस्तै, निजी क्षेत्रले पनि खेलकुदको विकासमा सहयोग गरिरहेको छ । उनले एम्सको बोर्ड बैठक आयोजना गर्न नेपाललाई रोजेकोमा आभार व्यक्त गरे ।

(रासस)

  • प्रकाशन मिति : २०८२ जेष्ठ २८ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य