खैरो हिरोइनसहित दुई जना पक्राउ

खैरो हिरोइनसहित दुई जना पक्राउ

२०८२ असाढ ११ , बुधवार

भद्रपुर (झापा) ः झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा बागमती प्रदेश ०१–०३० च ७७९३ नं को को नेटा कम्पनीको नीलो रङको कारको चालक बस्ने सिटमुनि लुकाएको अवस्थामा खैरो हिरोइन ४७ दशमलव ६९ ग्राम खैरो हिरोइन बरामद गरेको हो । उहाँका अनुसार पक्राउपर्नेमा काठमाडौैँ महानगरपालिका–२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका– ७ बस्ने २२ वर्षीय रोजिना रानामगर रहेका छन् ।

पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिइएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ ११ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य