कर्मचारीले हप्तामा दुई दिन जातीय वेशभूषा लगाउनुपर्ने

कर्मचारीले हप्तामा दुई दिन जातीय वेशभूषा लगाउनुपर्ने

२०८२ बैशाख ३ , बुधवार

गाईघाट (उदयपुर) ः यहाँको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय वेशभूषा लगाउनुपर्ने भएको छ । गत चैत १ गते सो पालिकाका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले सो निर्णय गरेको र यही वैशाख १ देखि लागू गरिएको पालिकाका उपाध्यक्ष पुष्पकुमार राईले जानकारी दिनुभयो । गत सोमबार प्रशासकीय अधिकृत ताराकिरण राईले अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय वेशभूषामा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गर्नुभएको छ । “पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति संस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवद्र्धन गर्न यस्तो निर्णय गरिएको हो,” अध्यक्ष राईले भन्नुभयो । गाउँपालिकाभित्रका जाति, वेशभूषा, भाषा, संस्कृतिको संरक्षण गर्ने कार्यपालिकाको दायित्व भएकाले यस्तो नीति लागू गरिएको उहाँको भनाइ छ । सो गाउँपालिकामा एक हजार ८७८ जनसङ्ख्या रहेको छ । रासस

  • प्रकाशन मिति : २०८२ बैशाख ३ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य