कमिला र फट्याङ्ग्ररा
२०८२ असाढ ११ , बुधवार

कमिला र फट्याङ्ग्ररा असल साथी थिए । गर्मीको समयमा, कमिलाले आफ्नो खानाको आपूर्ति पुनःपूर्ति गर्न अथक प्रयास गर्छ । अर्कोतर्फ, फट्याङ्ग्रराले रमाइलो गरिरहेको थियो र दिनभरि खेलिरहेको थियो । जाडो आउँदा, कमिला आफ्नो घरमा न्यानो र आरामदायी थियो, गर्मीभरि उसले जम्मा गरेको खानाले घेरिएको थियो । फट्याङ्ग्ररा घरमा हुँदा, भोकाएको र चिसो थियो । उसले कमिलासँग खाना मागे, र कमिलाले उसलाई दियो । यद्यपि, यो पूरा जाडो सहन अपर्याप्त थियो ।
जब उसले कमिलासँग फेरि सोध्यो, उसले निम्न जवाफ पायोः “माफ गर्नुहोस्, मेरो साथी, तर मेरो खाना जाडोको अन्त्यसम्म मात्र मेरो परिवारलाई टिक्नेछ । यदि मैले तिमीलाई थप दिएँ भने, हामी सबै भोकै मर्नेछौं । हामीसँग आउने जाडोको लागि तयारी गर्न सम्पूर्ण गर्मी थियो, तर तपाईंले खेल्न रोज्नुभयो ।”
फट्याङ्गरा झसंङ्ग भयो । एक छिन रिस पनि उठ्यो । विपदको बेला साथीले साथ नदिएको साथी केको साथी जस्तो पनि लाग्यो । तर पछि होस आएको जस्तो भयो । समय भएको बेला आफु खेल्न र मनोरञ्जनमा व्यस्त भएको र जीवन वचाउने काम नगरेकोमा पछुतो पनि लाग्यो । तर पछुतो मात्र गरेर पनि के गर्ने ? सधैं भरी मागेर पनि गुजारा त चल्दैन ।
उसले आफ्नो जीवन नयाँ तरिकाले शुरु गर्ने नीधो गरे । उ अन्तै गएर नयाँ वास स्थान बनाए । दिनको समयमा कडा परिश्रम गरेर खाना खोज्न र जु्ताउन थाल्यो ।
केही समयमै उसले प्रशस्त खाना जुटाए । जाडो यामको मध्य सम्ममा उसले आफुुलाई चाहिने जति खानाको भण्डार गरिसकेका थिए ।
फट्याङ्गरा आफ्नो पुरानो मित्र कमिलाइ भेट्न गए । अव उसमा एक प्रकारको जोशिलोपन गर्वको भाव थियो । कमिलाई उनले भेट्ने बितिक्कै धन्यवाद दिए । कमिलाको सहयोग प्रतिको इन्कार र एक सानो जबाफको कारण आफुले नयाँ ज्ञान पाएको र कर्मथ भएकोमा खुसी व्यक्त गरे ।
प्रकाशन मिति : २०८२ असाढ ११ , बुधवार